आमाले छोरीलाई भनिन् : अब तिमी यौनधन्दाका लागि तयार होऊ

सबै आमाबाबुको आफ्ना सन्तानलाई सही बाटोमा डोर्‍याउने चाहना हुन्छ । त्यसैले बाबुआमाले दुःख गरेर पनि छोराछोरीलाई राम्रो शिक्षा दिने कोसिस गरेका हुन्छन् ।

तर केही अभिभावक आफ्ना सन्तानलाई जानेर या नजानेर वा कुनै प्रलोभनका कारण आफ्ना सन्तानलाई गलत बाटोमा धकेलिरहेका हुन्छन् ।

भारतको राजस्थानको धौलापुरमा यस्तै घटना सार्वजनिक भएको छ । त्यहाँ एक आमाले आफ्नी छोरीलाई जबर्जस्ती यौनधन्दामा धकेल्न खोजेपछि छोरी प्रहरीको सहयोग माग्न पुगेकी छन् ।

आफूलाई यौनधन्दामा सामेल गर्न लागेपछि ती बालिकाले आफ्नी आमाविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् ।

बालिकाको उजुरीपछि प्रहरीले आमालाई पक्राउ गरेको छ । पीडित बालिकाले आफ्नी आमा मुम्बईमा यौनधन्दामा सामेल रहेको बताएकी छन् ।

लकडाउन र काेराेना महामारी बेला  उनले आफ्नी छोरीलाई समेत अब यौनधन्दाका लागि उमेर पुगेको भन्दै मुम्बई जान दबाब दिएकी थिइन् ।

१६ वर्षीया बालिका धौलपुर राजाखेडा क्षेत्रमा मामाघरका हजुरबुबा हजुरआमासँग बस्दै आएकी थिइन् ।

आफ्नी आमाको कुरा सुनेर डराएकी ती बालिका प्रहरीको ढोका ढक्ढक्याउन पुगेकी हुन् । ती बालिका बेडिया समुदायकी हुन् र उनी सानैदेखि हजुरबुबा हजुरआमासँग बस्दै आएकी छन् ।

आमाले यौनधन्दाका लागि मुम्बई जान दबाब दिएपछि उनले आफूले हजुरबुबा–हजुरआमाको साथमा नै बसेर पढाइ पूरा गर्ने इच्छा व्यक्त गरिन् ।

तर आमाले मुम्बई जान कर गरेपछि भने उनले प्रहरीको सहयोग मागेकी हुन् । सो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..