नेपाली उपराष्ट्रपतिको सल्लाहकार भन्दै भारतमा मस्ति गर्ने तीनजना पक्राउ

काठमाडौं। आफूलाई नेपालका उपराष्ट्रपतिको सल्लाहकार बताउँदै भीभीआइपी सुविधा लिन खोज्ने ३ जना भारतमा पक्राउ परेका छन् । मध्य प्रदेशको उज्जैनमा पुलिसले ती तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

Nepali Vice Presidentउनीहरुले आफूलाई नेपालसरकारका उच्च कर्मचारी बताउँदै विशेष सरकारी सुविधा लिनको लागि सर्किट हाउसमा बसेका थिए । उनीहरु बिहीबार नेपालको सरकारी नम्बर प्लेट भएको कारमा उज्जैन पुगेर सर्किट हाउसमा कोठा बुक गरेका थिए ।

आज तकको समाचार अनुसार पक्राउ परेका ३ जनामध्ये एक महावीर प्रसाद तोरडीले आफूलाई नेपालका उपराष्ट्रपतिको साँस्कृतिक सल्लाहकार बताएका थिए । उनका एक साथी प्रमोद शर्माले आफूलाई पूर्व सल्लाकार र अर्का कुलदीप शर्माले आफूलाई निजी सचिव बताएका थिए । सर्किट हाउसका कर्मचारीलाई उनीहरुको बोलीमा शंका लागेपछि पुलिसलाई सूचना दिएका थिए ।

पुलिसले त्यहाँ गएर उनीहरुसँग नेपाल सरकारको आधिकारिक कागजपत्र माग्दा उनीहरुले पहिले पुलिसमाथि धाकधम्की जमाउने कोसिस गर्दै केही भिजिटिङ कार्ड दिए । यसका अलावा उनीहरुले पुलिसलाई केही परिचय पत्र पनि देखाए तर जाँचका क्रममा ती सबै परिचय पत्र फर्जी भएको पाइयो । ती परिचय नेपाल सरकारको तर्फबाट अधिकृत थिएनन् । यी तीनैजना भारतको राजस्थानका भएको बताइएको छ ।

पुलिसले उनीहरुविरुद्ध भारतीय दण्ड विधानका ८ वटा धारा अन्तर्गत मुद्दा दर्ता गरेको समाचारमा जनाइएको छ । उनीहरुले लिएर गएको नेपालको नम्बर प्लेटसहितको कार पनि पुलिसले जफत गरेको छ । सोधपुछमा उनीहरुले आफ्नो उच्च ओहदा बताएर महाकाल मन्दिरमा भीभीआइपी दर्शनको सुविधा लिन चाहेको बताएका छन् । यसअघि उनीहरुले आगराको नलखेडामा प्रसिद्ध बगलामुखी मन्दिरमा भीभीआइपी कोटाबाट दर्शन गरेका थिए र त्यहाँ पूरै भीभीआइपी सुविधा लिएका थिए । अब पुलिसले उनीहरुले फर्जी पहिचानबाट अन्यत्र केही गरेकोबारे खोजी गरिरहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..