गोली हानी तीन प्रहरीको हत्या

मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ ।

प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो ।

उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् ।

बुधबार मध्यरात एक महिलाको उद्धार गर्नेक्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।

आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..