annapurna add

छात्रालाई होटलमा लगेर परीक्षा लिएको विषयमा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, बगरका प्रधानाध्यापकसहित तीन शिक्षकलाई हिजाे ५ गते प्रहरीले पक्राउ गरेको छ ।

छात्रालाई परीक्षा दिने भन्दै होटलमा पु-याउने दोषी शिक्षकलाई कारवाही गर्ने क्रान्तिकारीको चेतावनी

राष्ट्रिय माविका शिक्षक शिरिषको हर्कत, होटलमा छात्रा लगेर रक्सी पिउँदै...

Rastriya Mabi Hot Newsप्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । एसपी श्रेष्ठले भन्नुभयो–‘शिक्षा ऐन विरुद्धको कार्य गरेकाले तीनजना शिक्षकहरुलाई पक्राउ गरिएको हो ।’

राष्ट्रिय परीक्षा बोर्ड केन्द्रले दिएको उजुरीका आधारमा ती तीनजना शिक्षकहरुलाई पक्राउ गरिएको पनि एसपी श्रेष्ठले बताए ।

कक्षा ११ की एक छात्रालाई दुई विषयको परीक्षा यी शिक्षकहरुको मिलेमतोमा विद्यालयमा नभई होटलको कोठामा लिईएको थियो ।

यस घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी ‘हिमाल’को संयोजकत्वमा गठित छानबिन समितिले राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरामा कारवाहीको लागि उजुरी समेत दिएको थियो ।

छानबिन समितिले गत मंसिर ११ गते एकजना छात्रालाई होटलमा पु¥याई परीक्षा लिएको विषयमा थालेको अनुसन्धानले विद्यालयका शिक्षकहरुले परीक्षाका नाममा धेरै गलत कार्यहरु भएको भेटेको थियो ।

छानबिन समितिका संयोजक दवाडीले भन्नुभयो–‘विद्यालय भित्रका परीक्षाका डकुमेन्टहरु हेर्दा धेरै नै शंकास्पद देखियो । विद्यालयको छाप, हस्ताक्षर र परीक्षाका लागि अपनाउनु पर्ने प्रावधानहरु गलत कार्य र स्वार्थपूर्तिका लागि दुरुपयोग गरिएको भेटिएको छ ।’

राष्ट्रिय माविका शिक्षक शिरिषकुमार वस्ताकोटीले एक जना छात्रालाई पोखरा–३२ खोलाको छेउस्थित होटलमा पु¥याएर दुईवटा विषयको परीक्षा लिनुभएको थियो ।

विद्यालय भित्र लिनु पर्ने परीक्षा विद्यालय बाहिर होटलमा पु¥याउने, अघिल्लो दिन बाहिरिएको प्रश्नपत्रमा परीक्षा दिन लगाउने, आफैं चेकिङ गरेर नम्बर सिटमा चढाउने लगायतका कामहरु गरिएको भेटिएको छ ।

सो घटनामा विद्यालयका प्रधानाध्यापक तथा परीक्षाका केन्द्राध्यक्ष सुर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिष कुमार वस्ताकोटी लगायतको संलग्नता पनि देखिएको थियो ।

छात्रालाई होटलमा पु¥याएर आफू मदिरामा मस्त रहेका शिक्षक वस्ताकोटीले आफूले पढाउने भन्दा फरक दुई विषयमा परीक्षा लिएका थिए ।

तस्विर : डन न्यूजबाट साभार !

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...