प्रदेश २ को ट्राफिक प्रहरी चुनौतीको घेरामा परेपछी…

tf police news

वीरगञ्ज : प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश २ पथलैयाका अनुसार ट्राफिक प्रहरीसँग हेभी गाडी एउटा मात्रै छ भने जीप प्रदेश कार्यालय र ८ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग १/१ वटा गरी ९ वटा छ । सबै कार्यालयमा गरी २१ वटा मोटरसाइकल छन् । सवारी चालकले मापासे गरे/नगरेको जाँच गर्ने २७ वटा ब्रेथलाइजर ट्राफिक प्रहरीसँग छ । गाडीको गति नाप्ने राडार गन एउटा मात्रै छ भने व्याटन लाइट ७२ वटा छ । ३ थान मेघा फोन पनि ट्राफिक प्रहरीसँग छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश २ का प्रमुख ट्राफिक प्रहरी निरीक्षक योगबहादुर पाल सोचे अनुसार काम हुन नसक्नुको पछाडि अनेक कारण रहेको बताउँछन् ।

उनका अनुसार, जनशक्तिको कमी, बजेट अभाव, आवासको समस्या, स्रोत साधन र उपकरणको अभाव, जीर्ण संरचनाका कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको उनको अनुभव छ ।

‘बजेट अभावले स–साना कार्य सञ्चालन गर्न पनि सहयोगी निकायको आश गर्नुपर्ने अवस्था छ । स्रोत साधन र उपकरणको अभाव नै छ, सवारी साधन तथा पर्याप्त ट्राफिक उपकरणको अभावमा ट्राफिक चेकजाँच एवं व्यवस्थापन कार्य प्रभावकारी हुन सकेको छैन’, ट्राफिक प्रहरी उपरीक्षक पालले भने, ‘साँघुरो तथा जीर्ण सडक खण्ड, पुलका कारण सहज आवागमनमा समस्या भई दुर्घटनाको जोखिम उच्च छ ।’ दुर्घटना भइहालेको खण्डमा मृतक वा घाइतेको तत्काल उद्दार गरेर अस्पताल पुर्‍याउन एम्बुलेन्स, शव बहानलगायतका अत्यावश्यक सवारी साधनसमेत नभएको उनी बताउँछन ।

सदरमुकाम तथा राजमार्ग क्षेत्रहरुमा ई–रिक्सा तथा टेम्पोहरुको उच्च चाप, सरोकारवाला निकायबीचको नियमित समन्वय र सहकार्यको अभाव, पर्याप्त पार्किङ्ग स्थलको अभाव, भारतीय सवारी साधनको बढ्दो अनाधिकृत प्रयोग, अस्पष्ट कानुनी व्यवस्था र सरकारी नीतिका कारण ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसकेको निष्कर्ष ट्राफिक प्रहरीको छ ।

‘दुर्घटनापश्चात सवारी साधन छाडी नआउने प्रवृत्ति बढेको छ, जसले गर्दा पीडितलाई क्षतिपूर्ति दिन नसकिरहेको अवस्था छ’, एक ट्राफिक अधिकृतले भने, ‘जरिवानाबाहेकको अधिकार छैन, जरिवाना पनि न्यून छ । ट्राफिक प्रहरीलाई सवारी नियम उल्लघन सम्बन्धमा कारवाहीको पूर्ण अधिकार नहुँदा पनि ट्राफिक सडकमा निरीह देखिन्छ । अनलाईनखबर

 

Kantipath Media

यो छुट्टाउनु भो कि..