कोटेश्वरका ट्राफिक प्रमुख देवकोटाद्वारा चालक, सहचालक र यात्रुलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह

कोटेश्वर ट्राफिक प्रमुख रामकृष्ण देवकोटाले चालक, सहचालक तथा यात्रुलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

सडक सुरक्षाकै लागि कोटेश्वर ट्राफिकले आज जडिबुटी सडक खण्डमा सवारीसाधनका चालक तथा यात्रुलाई जनचेतनामूलक कार्यक्रमबारे जानकारी गराएको हाे ।

स्वास्थ्य मापदण्ड पालना,ट्राफिक नियमकाे बारे जानकारी,भाडादरको बारे जानकारी तथा सडक सुरक्षा बारे चेतनामूलक कार्यक्रम गरेको थियोे ।

ट्राफिक प्रहरीले सडकमै सवारीसाधनका चालक तथा यात्रुलाई ट्राफिक नियम तथा अन्य जानकारीमुलक गतिविधि बारे कलास दिएको कोटेश्वर ट्राफिक प्रभाग प्रमुख रामकृष्ण देवकोटाले जानकारी दिए।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईको अनुसार सार्वजनिक गाडीमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएकाे छ ।

काठमाडौं,ललितपुर र भक्तपुरका विभिन्न चेकमा ट्राफिक प्रहरीले पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेको बताए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..