रामेछापमा ट्राफिक प्रहरीद्वारा १ वर्षमा ७९ लाख ३६ हजार सवारी कारवाहिबाट राजस्व संकलन

trf police kantipath

पुष्कर खड्का / रामेछाप जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछाप मन्थलीले गत वर्ष साउन १ गते देखि हालसम्म १ वर्षको अवधिमा ७९ लाख ३६ हजार राजश्व संकलन गरेको छ ।

रामेछाप सदरमुकाम मन्थली हुँदै चल्ने विभिन्न सवारी साधनहरुबाट एतिको रकम संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख कुशहरी भण्डारीले जानकारी दिनुभएको छ ।

एक वर्षकोे अवधिमा रामेछाप ट्राफिक प्रहरीले साना तथा ठुला सवारीलाई कार्वाही गरेर सो राजश्व संकलन गरेको हो ।

सवारी नियम बिपरित सवारी चलाउने चालकहरुलाई कार्वाही गरेर सो राजश्व संकलन भएको भण्डारीले जानकारी दिनुभएको छ ।

पछिल्लो समय रामेछाप ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा नियम बिपरित सवारी चलाउने चालक माथि कडा निगरानी बढाएको ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख कुशहरी भण्डारीले जानकारी दिनुभएको छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..