सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको म्याद थपियो

सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो ।

यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि अर्थमन्त्री जनार्दन शर्माले कान्तिपथलाई जानकारी दिए ।

दुबै आयोगको म्याद आज सकिँदै थियो । पछिल्लो पटक १७ महिनाअघि आयोग गठन भएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..