अनेरास्ववियूका मागप्रति विश्वविध्यालय सकारात्मक

aneraswbyu

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रिय समितिले त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गर्दै तत्काल परिक्षा नगराउन र परिक्षा गर्दा स्वास्थ सुरक्षाको विधिहरु सहित विद्यार्थीलाई पायक पर्ने स्थानमा परिक्षा गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रकलाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा विद्यार्थीहरुको कोरोना टेस्ट गर्न, विद्यार्थी सग विद्यार्थी बिमा लिएको पाँच सयको रुपैयाँ कोरोना बीमा गराउन समेत माग गरेका छन् । अनेरास्ववियूका प्रभावशालि नेता पवन कार्कीको नेतृत्वमा गएका विद्यार्थी नेताहरूको उपस्थितिमा परिक्षा नियन्त्रण कार्यलय बल्खुमा उक्त ज्ञापन पत्र बुझाएका हुन् । अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य बिमा बापत तिरेको रकमबाट सम्पूर्ण विद्यार्थीको कोराना बिमा गर्न माग गरेको छ ।

उक्त ज्ञापन पत्र बुझ्दै परिक्षा नियन्त्रक प्रमुख पुष्पराज जोशीले त्रिभुवन विश्वविद्यालय जबर्जस्ति परिक्षा लिने पक्षमा नरहेको बताएका छन् । उनले विद्यार्थीहरुको सम्पुर्ण अवस्थालाई मध्यनजर गरेर विद्यार्थीलाई समस्या नहुने गरी परिक्षा गर्ने र परिक्षा सबै भदौ दोस्रो साता त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने जानकारी गरेको थियो ।

व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने बताएका थिए । नयाँ परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन । सरकारले भदौ १ देखि लामो दूरीको यातायातसमेत सञ्चालन गर्ने निर्णय गरेकाले परीक्षा सञ्चालन गर्न लागिएको सहायक डीन प्रा.डा. ध्रुवकुमार गौतमले जानकारी दिए ।

नेता कार्कीका अनुसार परिक्षाका सन्दर्भमा अनेरास्ववियूका मागहरु निम्न छन् :

ध्यान दिनपर्ने कुराहरु
१.लकडाउन मात्र खुलेको हो,कोरोना अझै बढिरहेको छ ।
२.कोरोना महामारीका कारण विद्यार्थीहरु त्रासकै अबस्थामा छन ।
३.अधिकांस विद्यार्थीहरु गाउँमा छन ।
४.कलेज र विश्वविद्यालय फर्कन कम्तिमा ७ देखि १५ दिन लाग्छ भदौ १ बाट मात्र गाडी चल्छ । आधा मात्र यात्रु राख्दा समयमा टिकट पाउन गाह्रो छ।
५.बाढी पहिरोले राजमार्ग बन्द छन ।
६.कोठा भाडा गरेर बस्ने विद्यार्थी हरुलाई ४-५ महिनाको भाडाले सताउने छ ।
७.राम्रो संग अध्ययन गर्न नपाएको ४ महिना भयो ।
८.लकडाउन खुलेपछी बजारमा महंगी बढेको छ ।

पूरा गर्नुपर्ने मागहरु
१. विद्यार्थी हरुको कोरोना परिक्षण गरेर मात्र परिक्षामा सहभागी गराउनु पर्ने । परिक्षणको जिम्मा सरकारले लिनुपर्ने ।
२.विद्यार्थीहरुको कोरोना बिमा बिश्वबिद्धालयले अनिवार्य गर्नु पर्ने ।
३. विद्यार्थीहरुको लागि उचित राहत र सहुलियतको ब्यबस्था गर्नु पर्ने ।
४. विद्यार्थी हरु लाई संबंधित कलेज बिश्वबिद्धालय सम्म आइपुग्ने प्रयाप्त समय लामोदुरीका यातायात संचालन भएको दिन देखि १ महिनाको समय राखी परिक्षाको समय तालिका निर्धारण गर्नु पर्ने ।
५.होम सेन्टर र न्युनतम विद्यार्थी संख्या राखी सेन्टर तोक्नु पर्ने, सम्पुर्ण कक्षा कोठा स्यानिटाइज गरि सुरक्षित बाताबरणका साथ परिक्षा संचालन गर्नु पर्ने ।

Kantipath Media

यो छुट्टाउनु भो कि..