३९ सांसदको दुवै तर्फ हस्ताक्षर : को बन्ला प्रधानमन्त्री ?

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दावी गर्न दिएको समय भित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनले आ आफ्नो बहुमत रहेको दावी गर्दै सरकार बनाउने दावी पेश गरेका छन्।

विपक्षीहरुले पनि आफूहरुसँग बहुमत रहेको भन्दै सरकार बनाउने दावी गरेका छन्। विपक्षीहरुले काँग्रेसको ६१, माओवादीको ४९, एमाले माधव समूहको २७ र जसपा उपेन्द्र समूहको १२ जना सांसदसहित १४९ जनाको समर्थन रहेको दावी गरेका छन्।

प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ जनाको बहुमत रहेको भन्दै दावी गरेका छन्। उनले १५३ जनाको समर्थन रहेको दावी गर्दै आफूलाई प्रधानमन्त्रीका अगाडि सारेका छन्। ३९ जना सांसदहरुको दुबैतर्फ समर्थन देखिएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..