आवश्यकता अक्सिजन : मन्त्री भन्छन ‘शव जलाउनेलाई थप हजार भत्ता, दाउराको कमि नहोस’ !

कोरोना संक्रमणले थालिएका जनताको आवश्यकता अक्सिजन भएपनि कोरोनाले मृत्यु हुनेको शव जलाउनेलाई थप हजार प्रोत्साहन भत्ता दिने र शव जलाउन दाउराको अभाव हुन नाधिनु भन्ने दुई मन्त्रीका अभिव्यक्ति आलोचित भएका छन् ।

पशुपति आर्यघाटमा कोभिड–१९ सङ्क्रमित भएकाको शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्ता थपिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले शव दाहसंस्कारमा संलग्न हुनेलाई प्रोत्साहन स्वरूप एक हजार रुपैयाँ दिने निर्णय गरेका हुन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री ढकालले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहसंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् । कोरोना सङ्क्रमणका कारण दैनिक मृतकको सङ्ख्या बढिरहेको छ ।

पछिल्लो दुई÷तीन यता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेका छन् । पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउन का लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ । नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउराका लागि आवश्यक पहल गरीरहेको बताइएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..