सरकारले बाढी पहिरो पहिले पुर्व तयारी नगरेको एमाले कै १४ स्थायी समिति सदस्यको निष्कर्ष

नेकपा–एमालेको माधव नेपाल नेतृत्वको समूहले बाढी पहिरो र डुबानको समस्या समाधान गर्न सरकारले राम्रो तयारी नगरेको बताएको छ। नेपाल नेतृत्वको पक्षको स्थायी समिति सदस्यहरुको बैठकले सो निष्कर्ष निकालेको हो।

‘वर्षा याममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय हो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ।’

बैठकमा दुई पदेन सदस्यसहित १४ जना स्थायी समिति सदस्यहरुको उपस्थिति रहेको वक्तव्यमा उल्लेख छ। भारतमा भएका झलनाथ खनालको भने नाम समावेश छैन ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..