माधव सहित एमालेका २२ नेतालाई कारबाहीको प्रस्ताव : तत्काल गर्नु पर्यो भन्दै हुटिङ

नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्ने भएको छ । केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् ।

बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो-हल्ला भएको थियो । बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राईलगायतका सदस्यहरुले आजै पार्टीबाट निकाल्नुपर्ने माग राखेका थिए । आजै कारवाही गरेर निकाल्नुपर्छ भन्ने सदस्यहरूले केहीबेर हुटिङ गरेको एक नेताले बताए ।

नेकपा एमालेले यसअघि आगामी साउन २५ गतेबाट विधान अधिवेशन बोलाउने निर्णय गरेकाले त्यसको तयारीका बारेमा समेत केन्द्रीय समिति बैठकले निर्णय गर्ने बुझिएको छ । नेकपा (माओवादी केन्द्र)सँग एकता गर्नुअघि २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो। वरिष्ठ नेता नेपाल पक्षले पार्टीलाई माओवादीसँगको एकता भन्दा अघिको अवस्थाबाट अघि बढाउन माग गर्दै आएको थियो।

एमाले विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो। साेही अनुसार अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाइएको नेताहरूले दाबी गरेका छन्।

यसबीचमा फागुन २८ देखि हालसम्म एमालेका चारवटा बैठक बसेका थिए। जुन बैठकमा पनि नेपाल पक्ष सहभागी थिएन। त्यसैले नेपाल पक्षले दशौं केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग गर्दै आएको थियो। शुक्रबार बसेको एमालेको स्थायी कमिटी बैठकले कार्यदले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव ग्रहण गर्दै एकता कार्यदल भंग गरेको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..