एमालेको केन्द्रिय समिति बैठक राख्दै माधव नेपाल : ओली पक्षको आपत्ति

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले आज केन्द्रीय कमिटी बैठक राख्दै छ। एक नेताका अनुसार बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ बजे बस्नेछ।

बैठकमा सहभागी हुन बाहिरी जिल्लामा रहेका केन्द्रीय सदस्यसमेत काठमाडौं आइसकेका छन्। परिवर्तित राजनीतिक घटनाक्रमका विषयमा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न बैठक बोलाइएको नेपाल पक्षले जनाएको छ।

उता नेकपा एमाले ओली पक्षले भने बुधबारै विज्ञप्ति निकालेर नेपाल पक्षले बोलाएको बैठक अनधिकृत भन्दै त्यसमा सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको छ। केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङ्गले विज्ञप्ति जारी गरेका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..