एमालेका मन्त्रीको पद खुस्किदा एमाले मै खुसियाली, चोकचोकमा दिप प्रज्वलन

सर्वोच्च अदालतले संघीय सरकारका नवनियुक्त २० मन्त्रीलाई पदमुक्त गरेपछि धनुषामा दीप प्रज्वलन गरिएको छ । सरकारमा हाल ५ जना मन्त्री मात्र छन् ।

नगराइन नगरपालिकामा नेकपा एमाले माधव नेपाल पक्षीय यूवाहरुले दीप प्रज्वलन गरेर खुसीयाली मनाएका हुन् । सर्वोच्चको फैसला स्वागत योग्य रहेकाले दीप प्रज्वलन गरेको माधव नेपाल पक्षका एक विद्यार्थी नेताले बताए ।

सर्वोच्चको फैसलाले संविधानको पालना गर्न पाठ सिकाएको भन्दै दिप प्रज्वलन गरेको उनले बताए । कानुन भन्दा माथि कोहि नभएको उनीहरुको तर्क छ ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..