एमाले फुट्दा दुई दाजुभाई दुई किनारामा

नेकपा एमालेको विभाजनसँगै कतिपय बरिष्ठ नेताको परिवारसमेत विभाजित भएको छ। पार्टीसँगै परिवार विभाजन हुने सबैभन्दा उच्च तहका नेताहरु स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे हुन्।

एमाले विभाजन हुँदा सुरेन्द्रले माधवकुमार नेपाललाई साथ दिएनन्। अहिले सुरेन्द्रले माधव नेपालको साथ छाडेका छन्। राजेन्द्र भने एकीकृत समाजवादीतिर छन्। सुरेन्द्र चितवनबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। राजेन्द्र भने धादिङबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्। राजेन्द्र उपाध्यक्षमा पराजित भएका हुन् भने सुरेन्द्र महासचिवमा पराजित । राजेन्द्र पाण्डे अहिले माधव नेपालको पार्टीमा महासचिव बन्ने लाईनमा छन् ।

पार्टी एकताका लागि दुवै पक्षबाट प्रतिनिधित्व गराएर बनाइएको १० सदस्यीय कार्यदलमा माधव नेपालका तर्फबाट सुरेन्द्र पाण्डे सहभागी थिए। त्यति बेला संवादमा सहभागी सुरेन्द्रमाथि राजेन्द्रले शंका गर्न थालेका थिए। नभन्दै ‘१० बुँदे सहमति कार्यान्वयन गर्न ओली सहमत भएको’ भन्दै सुरेन्द्र संस्थापनतिर पुगे। हाल उनीहरु दुई बीच बोलचाल समेत बन्द भएको स्रोतले बतायो ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर बुझाउने विषयमा नै सुरेन्द्र र राजेन्द्रको मनमुटाव भएको थियो। त्यति बेला सुरेन्द्रले हस्ताक्षर गर्न आनाकानी गरेका थिए। पछि दाजु राजेन्द्रकै दबाबमा वारेसमार्फत हस्ताक्षर बुझाउन सहमत भएका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..