सुदुरपश्चिम प्रदेशमा ओली पक्षका सबै सांसद निलम्बन गर्ने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो । उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय भएको छ ।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए । शाह भिम रावल निकट मानिन्छन ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..