अदालतको आदेशपछि एमाले जेठ २ मा फर्किने, आज महाधिवेशन आयोजक कमिटीको बैठक

नेकपा एमालेलाई आफुलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय भएको छ। हिजो बसेको एमालेको स्थायी समिति बैठकले पार्टीलाई माओवादी केन्द्रसँग एकतापूर्वको संचरनामा फर्काउने निर्णय गरेको हो।

एमालेका प्रवक्ता प्रदीप ज्ञवाली अनुसार आज एमालेको दसौं महाधिवशेन आयोजक कमिटीको बैठक बस्दै छ। आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने महाधिवशेन आयोजक कमिटीले यसलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने सम्भावना छ। जुन माधव नेपाल पक्षको मागविपरीत हुनेछ। किनभने महाधिवेशन आयोजक कमिटीमा माओवादी केन्द्रबाट प्रवेश गरेका रामबहादुर थापासहितका नेता पनि समावेश छन्।

भोलि बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाउने एमालेले जनाएको छ। आफूहरूलाई पद खोसेर जिम्मेवारविहीन बनाएदेखि नै अलग गवितविधि र समानान्तर कमिटी बनाएका माधव नेपाल पक्षले अदालतको आदेशअनुसार पार्टीलाई माओवादी केन्द्रसँग एकता गर्नुपूर्वको अवस्थामा फर्काउनुपर्ने माग गरिरहेको थियो।

नेपाल पक्षका २६ सांसदले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भने राष्ट्रपतिले मान्यता नदिएपछि यसविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराइएको रिट निवेदनमा पनि नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन्। यो मुद्दाको सुनुवाइ जारी छ। पार्टी एकताका लागि ओलीले त्यस्तो हस्ताक्षर फिर्ता लिन आग्रह गरेका भए पनि नेपाल पक्षले अस्वीकार गरेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..