सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने ओली पक्षका ७ सांसदलाई होला त कारबाही ?

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत हासिल गरे । प्रदेशसभामा सभामुखबाहेक ५१ सांसदमध्ये मुख्यमन्त्री भट्टले विश्वासको मतको पक्षमा ३० सांसदको समर्थन पाए । उनलाई बहुमत संख्यामा रहेको एमालेको झलनाथ-माधव पक्षका सांसदले साथ् दिए ।

प्रदेशसभामा सत्तारुढ दुई दलका कुल ३७ सदस्य छन् । नेकपा एमालेका ओली पक्षिय सात सदस्यले प्रदेशसभामा ‘फ्लोर क्रस’ गरे । एमाले संसदीय दलको बैठकले विश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो । एमाले संसदीय दलका नेता तथा प्रदेश मन्त्री प्रकाशबहादुर शाहले ह्वीप उल्लंघन गर्ने ती ७ सांसदमाथि कानुन बमोजिम कारवाही हुने बताए ।

मुख्यमन्त्री भट्टलाई नेकपा माओवादी केन्द्रका १२ र नेकपा एमालेका १८ सांसदले विश्वासको मत प्रदान गरेका हुन् । प्रदेशसभामा १२ सदस्य रहेको काँग्रेस तटस्थ रह्यो । २ सांसद रहेको जसपाले भने विश्वासको प्रस्तावको विपक्षमा मतदान गरेको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..