एमाले माधव पक्षिय स्थायी कमिटी जारी : सरकारमा जाने कि एमाले मै रहने छलफल

केन्द्रीय कमिटी बैठक शुरू हुनुअघि एमाले माधव समूहका स्थायी कमिटी सदस्यहरूको बैठक बसेको छ । बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा नेताहरूबीच अहिले छलफल जारी छ । केन्द्रीय कमिटीका एजेन्डा तय गर्न स्थायी कमिटी सदस्यहरूबीच छलफल भएको बताइएको छ ।

नेता नेपाल आज पार्टीको एकता वा विभाजनबारे केन्द्रीय सदस्यहरूको राय लिने योजनामा छन् ।शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई साथ दिएका माधव समूहमा सरकारमा जाने र पार्टी एकता गर्नुपर्ने विषयमा सबैको एकमत नभएपछि नेता नेपाल दोहोरो दबाबमा छन् ।

नेकपा एमालेमा असन्तुष्ट माधवकुमार नेपाल समूहले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय तत्कालै नगर्ने भएको छ। बिहीबार बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सरकारमा जाने कुरालाई एजेन्डाका रुपमा नराखिएको नेताहरुले बताएका छन्।

माधव पक्षीय एकजना नेता मेटमणि चौधरीले पाँच दलीय गठबन्धनको सरकारमा जाने विषयलाई आज औपचारिक एजेन्डाका रुपमा नराखिएको बताएका छन्। एमालेका देखिएको विवाद मिलिनसकेको तथा पार्टी विभाजित हुने अवस्था पनि अझै बनिनसकेकाले माधव पक्ष सरकारमा जान हतार नगर्ने निचोडमा पुगेको हो। एमाले विभाजन भएर नयाँ पार्टी दर्ता गर्ने अवस्था नबनेसम्म माधव पक्षले देउवालाई दिएको विश्वासको मतको अडानमा कायमै रहने तर सरकारमा सहभागी नहुने चौधरीले बताएका छन्।

“एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको बारेमा छलफल गर्नुपर्छ,” उनले भने, “एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन ।  ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर चुनाव लड्छन्, पार्टीको नाम नेकपा (केपी ओली) राख्छन् ।”

प्रम देउवाले भने नेता माधव नेपालले नभनेसम्म आफूले व्यक्तिगत रुपमा कसैलाई मन्त्री बनाउन नसक्ने जवाफ दिइरहेका छन्। साउन ३ मा विश्वासको दिएका ओली पक्षकै सांसदहरु किसान श्रेष्ठ र प्रेमकुमार आलेहरुले मन्त्रीका लागि लबिङ गरिरहेका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..