एमालेको मेची–महाकाली अभियान : धेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास

सप्तरी। नेकपा एमालेले मेची–महाकाली अभियानअन्तर्गत आज सप्तरीको राजविराजमा गर्न लागेको कार्यक्रमलाई मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् ।

UML Mechi Mahakali Campaign min

मोर्चाका कार्यकर्ताले राजविराजका विभिन्न ठाउँमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले ठाउँठाउँमा टायर बालेर सडकसमेत अबरुद्ध पारेका छन् ।

स्थानीय गजेन्द्र चोकमा बालिएको टायर निभाउन प्रहरी गएपछि प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । त्यस क्रममा प्रहरीले मोर्चाका केही कार्यकर्तालाई पक्राउ गरेको छ । एमालेको अभियानअन्तर्गत आज राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आमसभा गर्ने तयारी छ ।

तर औद्योगिक क्षेत्रबाहिरसमेत ठूलो संख्यामा मोर्चाका कार्यकर्ता उपस्थित भएर नाराबाजी गरिरहेका छन् । मोर्चाका कार्यकर्ताले भारदह राजविराज, कञ्चनपुर, रुपनीमा लगाएतका ठाउँमा पनि टायर बालेर सडक अवरुद्ध पारेका छन् । मोर्चा र एमालेका कार्यकर्ताबीच झडपको आशंकामा स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..