एमालेको मेची–महाकाली यात्रा २७ गतेदेखि पुनः सुरु हुने

काठमाडौं  । नेकपा एमालेले पार्टीको मेची–महाकाली यात्रा २७ गतेदेखि पुनः सुरु गर्ने भन्दै अभियानमा सुरक्षा दिन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।

UML Mechi Mahakali travel

बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताहरुले सप्तरीमा भएको घटनाको जानकारी गराउँदै सुरक्षाको माग गरेका हुन् ।

मधेसी मोर्चाका कार्यकर्ताले एमाले कार्यालयमा आगजनी गरेको, कार्यकर्तालाई कुटपिट गरी अभियान बिथोल्ने प्रयास गरेको भन्दै एमाले नेताहरुले प्रधानमन्त्रीसहित गृहमन्त्री विमलेन्द्र निधिलगायतको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री र गृहमन्त्रीसँगको छलफलपछि एमाले उपाध्यक्ष बामदेव गौतमले स्थानीय निकायको निर्वाचन कुनैपनि हालतमा रोक्न नहुने भन्दै पार्टीको गतिविधिको सुरक्षा हुनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले छलफलमा बस्न सबै पक्षलाई आग्रह गरेको पनि उनले जानकारी दिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..