अदालतको आदेश पछि एमालेलाई जेठ २ मै फर्काउने निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत गरेको छ । जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय रहेको थियो ।

बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्षसमेत निकालेको छ । असन्तुष्ट खनाल-नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो। यद्यपि, भोलिका लागि बोलाइएको महाधिवेसन आयोजक कमिटी बैठक भने नरोकिने ज्ञवालीले जनाएका छन् ।

१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ । नेकपाको एकता भंग भएपछि २०७५ जेठ २ गतेको संरचनामा फर्किएपछि एमाले २४१ केन्द्रीय सदस्य छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..