औपचारिक बैठकबाटै एमालेले सर्वोच्च अदालतलाई लगायो यति गम्भीर आरोप

नेकपा एमालेले सर्वोच्च अदालतको असार २८ को फैसलाका कारण तीनवटा संवैधानिक अंगबीच सन्तुलन खलबलिएको निष्कर्ष निकालेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले संसदले गर्ने काम पनि आफैं थालेको आरोप पनि लगाएको छ।

चार बुँदे निर्णय गर्दै सकिएको एमाले स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा गरिएको फैसलाले नेपालको संविधानको अक्षर र भावना तथा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली, शक्ति पृथकीकरण एवम् नियन्त्रण र सन्तुलनको सिद्धान्तमै गम्भीर असर परेको दाबी गरेको छ।

बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्चको फैसलाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको संविधानको आधारभूत प्रस्थापनालाई अतिक्रमण गर्दै तिनलाई कमजोर तुल्याएको छ। मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित रहनु लोकतन्त्रको सर्वाधिक महत्वपूर्ण पक्ष हो।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..