राहतको चामल भित्र एमालेको पर्चा

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ सुनौलो बस्तीमा वितरण भएको राहत सामग्रीमा एमालेको पत्र फेला परेको छ। जिल्ला प्रशासन कार्यालयको अनुमतिमा उपमहानगरपालिकाले वितरण गरेको राहतमा एमाले नगर अध्यक्ष यामकुमार सुब्बाको हस्ताक्षर सहितको पत्र भेटिएको हो। राहतको पोकोमा पत्र भेटिएपछि विवाद भएको थियो । विवाद भएपछि राहतको पोकोबाट पत्र फ्याँकिएको थियो ।

चिठीमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा (एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

सङ्घीय सरकारले तत्काल कुनै पनि राहत वितरण नगर्न नगराउन आदेश दिएपछि अघिल्लो लकडाउनमा जसरी राहत वितरण हुन पाएको थिएन। केही दिन अगाडी डिसिसिएमसी सुनसरीले पालिकाको एकद्धवार प्रणालीबाट राहत बाढ्न सकिने बताएको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..