एमाले स्थायी समिति बैठक बस्दै

नेकपा एमालेको आज (आइतबार) स्थायी कमिटी बैठक बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार स्थायी कमिटी बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ९ बजे पार्टीको स्थायी कमिटीको बैठक बस्ने भएको हो।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ। असन्तुष्ट वरिष्ठ नेता माधव नेपालले शेरबहादुर देउवलाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन माग गर्दै सर्वाेच्च अदालतमा दिइएको रिट निवेदनमा आफूनिकट सांसदले गरेको हस्ताक्षर फिर्ता नगर्ने बताएको भोलिपल्ट एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..