एमालेका बैठक लगालग : भोलि स्थायी समिती पर्सी केन्द्रिय कमिटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतवार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । अबको केन्द्रीय कमिटी बैठकले दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना छ ।

एमालेको असार १८ र १९ मा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका पक्षमा उभिन माधव नेपाल समूहलाई शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दिएको थियो । तर ओलीको अल्टिमेटमको कुनै अर्थ भने भएन।

तर त्यस अवधिमा देउवालाई दिएको समर्थन फिर्ता भएन र एमालेको सरकार सर्वोच्च अदालतको परमादेशबाट विस्थापित भइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भने पनि पार्टी एकताको लागि प्रयास गर्ने भन्दै रोकिएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..