एमाले स्थायी समिति बैठक बस्दै : माधव पक्षलाई कारबाहीको सम्भावना

शनिबारदेखि जारी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ। पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बसेर स्थगित भएको बैठक आज दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

शनिबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी थिएन। बामदेव गौतम भने सहभागी थिए । बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिए। महासचिव इश्वर पोखरेलले दोश्रो अध्यक्षको प्रस्तावको कुनै अर्थ नभएको बताएका छन् भने अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्ता गद्दारलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन्।

बैठकमा एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुनेछ। आजको बैठकमा माधव पक्षलाई कारबाहीको सम्भावना पनि रहेको स्रोतले बतायो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..