ओली निवास बालकोटमा स्थायी समिति बस्दै : माधव पक्षलाई कारबाही मुख्य एजेन्डा

नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले दिउँसो ३ बजे बस्ने भएको छ । बैठक बालकोटस्थित पार्टी अध्यक्ष केपी ओलीको घरमा बस्ने गरी बोलाइएको छ । आज ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको उक्त निर्णयपछि स्थायी कमिटीको बैठक बोलाइएको हो । एमालेको केन्द्रीय कमिटीको बैठक भने भोलि दिउँसो ३ बजे बस्ने भएको छ । बैठकका लागि ओली पक्षका स्थायी किमिटी सदस्यहरू बालकोट पुग्ने क्रम सुरु भएको छ। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..