वार्ताको अन्तिम प्रयास हुँदै : माधव पक्षको स्थायी समिति बैठक बस्दै

नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु बिहीबार बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका छन् । बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।

एमाले विवाद समाधानका लागि अध्यक्ष केपी ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेता र माधव समूहका सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु सक्रिय छन् ।

अध्यक्ष ओलीले जेठ २ भनेर फागुन २८ मा फर्केपछि सशंकित बनेको माधव पक्षले भावी रणनीति तय गर्न आफू पक्षीय स्थायी समिति बैठक बोलाएको छ । सो समूहले बिहीबार ११ बजेका लागि स्थायी समिति बैठक बसेर थप निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन् ।

‘११ बजे भौतिक रुपमै बैठक बसेर के गर्ने भन्ने निर्णयमा पुग्छौ । अहिलेसम्मका ओलीका गतिविधि पार्टी एकताको पक्षमा नदेखिएकाले बैठक बोलाइएको हो’, नेतृ अष्टलक्ष्मी शाक्यको भनाइ छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..