महाकाली सन्धी र ओलीको सत्ताच्युत : दुवै पटक एमालेका २८ सांसदद्वारा पार्टीको व्हिप उल्लङ्घन

एमालेमा २५ वर्षपछि पार्टी ह्वीप उल्लंघनको घटना दोहोरिएको छ । पहिलो ह्वीप उल्लंघन ४ असोज २०५३ मा महाकाली सन्धि अनुमोदनका लागि भएको मतदानमा गरिएको थियो । अहिले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिएर उल्लंघन गरियो । दुवै पटक ह्वीप उल्लंघन गर्ने सांसद संख्या भने एउटै रह्यो, २८ । महाकाली सन्धीको समयमा कार्यदल संयोजक केपी ओली नै थिए ।

प्रतिनिधिसभामा १ सय २१ सिट रहेको एमालेका २८ सांसदले सोमबार आफ्नै पार्टीका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएनन् । पार्टी विवाद उत्कर्षमा पुगेका बेला ओलीले संसदमा विश्वासको मत मागेका थिए । तर, उनले ९३ मत मात्र प्राप्त गरे ।

महाकाली सन्धि संसदबाट अनुमोदन गर्न एमालेले पक्षमा मतदान गर्न ह्वीप लगाएको थियो । तर, प्रतिनिधिसभामा ८८ सिट रहेको सबैभन्दा ठूलो दल एमालेका २६ सांसद अनुपस्थित भए भने २ जनाले विपक्षमा मतदान गरे ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..