आजबाट उपत्यकामा निषेधाज्ञा थपियो, के-के खुल्छ, के-के खुल्दैन ?

कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौँ उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थपिएको हो । आइतबार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यलय प्रमुख संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन।

उपत्यकाका तीन जिल्ला काठमाडौ,ललितपुर र भक्तपुरमा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै, पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने भएका छन् ।

एक कोठामा २५ जनासम्म परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्न पाइनेछ ।

तर जनस्वास्थ्यका मापदण्ड भने अपनाउनुपर्नेछ । औषधि पसल भने जुनसुकै बेला पनि खोल्न पाइनेछ । तोकिएको सिट क्षमता अनुसार यात्रु राखी गाडी चलाउन पाइनेछ ।

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..