दलित आयोगका उपाध्यक्ष बैठाविरुद्ध जसपा नेतृ दासले गरिन् यौनजन्य हिंसा गरेको आरोप प्रहरीमा उजुरी

प्रदेश नम्बर २ मा नवगठित दलित आयोगका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध जनता समाजवादी पार्टी (जसपा) की नेतृले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् ।

उजुरीमा उपाध्यक्ष बैठाले यौनजन्य हिंसा गरेको आरोप लगाइएको छ ।

प्रदेश २ सरकारले गत चैतमा दलित आयोगमा गठन गरेर रामप्रवेश बैठालाई उपाध्यक्ष चयन गरेको थियो ।

उनै उपाध्यक्ष रामप्रवेश बैठा र सत्तारुढ जसपा नेपालकी प्रदेश नम्बर २ की प्रदेश सदस्य ललिता दासबीच फेसबुक म्यासेन्जरबाट सुरु भएको विवाद प्रहरी कार्यालयसम्म पुगेको हो ।

जसपा नेतृ ललिताले उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध बैशाख ९ गते सिराहास्थित ईलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

बैठाले आफ्नो चरित्रहत्या हुने गरी च्याटमार्फत अपशब्द प्रयोग गरेको भन्दै आरोपित पक्राउ गर्न ललिताले माग गरेकी छिन् ।

उपाध्यक्ष बैठाले फेसबुक म्यासेन्जरमा भएको कुराकानीका क्रममा आफूले ललितालाई गालीगलौज गरेको स्वीकार गरेका छन् ।

तर, आफूले उनलाई कुनै पनि किसिमको गलत प्रस्ताव नगरेको बताए ।

बैठाले भने, मेहनती र जुझारु महिला भएकै कारण आफूले उनलाई आयोगको सदस्यमा नियुक्त गर्न सिफारिससमेत गरेको छु ।

आफूलाई विभिन्न बहानामा तनाव दिँदै आएका कारणले गर्दा आफूसँग भएको च्याटका क्रममा मबाट अपशब्द प्रयोग भएको हो । तर, आफूले कुनै पनि किसिमको प्रस्ताव गरेको छैन ।’

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक तपन दाहालले रामप्रवेश बैठाविरुद्ध उजुरी दर्ता भएको भन्दै छानविन अगाडि बढाएको जानकारी दिए ।

उनले दुबै पक्षलाई बोलाएर छलफलको माध्यमबाट समाधान खोज्ने प्रयास गर्ने बताए ।

छलफलबाट समस्या सामाधान नभए कानूनी प्रक्रिया अघि बढाइने उनले बताए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..