annapurna add

1589202247wada

रूकुम पश्चिमको आठबिसकोटमा दुई महिनाअघि कुलोका पानी कसले प्रयोग गर्ने भन्ने विषयमा दुई गाउँबीच झडप भयो। वैशाख २७ गते आठबिसकोट नगरपालिका- ३ को खदीमा माथिल्लो गाउँकाले तल्लो गाउँका जंगलमा बाटो ढुकेर आक्रमण गरे।

आक्रमणको नेतृत्व वडा नम्बर ३ का वडाध्यक्ष ३० वर्षीय केशरमान बिकले गरेका थिए। त्यसलगत्तै वडाध्यक्ष बिक फरार भए। ८ जना घाइते हुने गरी भएको उक्त घटनाका केही घाइते अझै पनि अस्पतालमै छन्। छलफलका लागि बोलाएर सुनियोजित तरिकाले जंगलमा ज्यान लिने उद्देश्यले आक्रमण गर्ने कार्यको नेतृत्वका गरेको वडाध्यक्ष बिकलाई भने प्रहरीले पक्राउ गरेको छैन। फरार भनिएका वडाध्यक्ष बिक सोमबार पनि नगरसभामा उपस्थित थिए।

आक्रमणमा संलग्नमध्य २४ वर्षीय जीवन बिक, ३५ वर्षीय बिर्ख ऐरी, २४ वर्षका शशिराम बुढा र ३५ वर्षका सुरेश बिकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...