बहिष्करणमा पारिएका दलितका थरहरु केके छन् ?

दलितको अर्थ हो, दलन गरिएको अर्थात् ती मानिसहरु जो आर्थिक अनि सामाजिक रूपले पछाडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (बाहुन तथा छेत्री) आदि हिन्दु जातिहरुद्वारा शोषण र उत्पीडन गर्नको निम्ति समाजमा जातीय वर्ग विभाजन गरिएको थियो । र आज पनि छ हुन त नेपालमा भेदभाव अनि छुवाछुत गर्नेहरूलाई कडा कारबाही गर्ने कानुन पनि सरकारले नबनाएको होइन तर त्यो कागजमा मात्र सिमित छ । गाउँ समाजको हरेक कुनामा आज पनि यो भेदभाव कायम नै छ्र । विश्वका यूरोप, अमेरीका, रुस र चीन जस्ता मुलुकहरुमा भन्दा दक्षिण एसियामा रहेको जात प्रथा बेग्लै किसिमको छ । ती क्षेत्रहरुमा मानिसको जात त छ तर दक्षिण एसियाको जस्तो जातीय व्यवस्था र भेदभाव तथा छुवाछुत छैन ।

अमेरिकामा काला जातिमाथी गोरा जातिका शासकले दमन गरिहेका छन् । त्यो रंगको आधारमा भएको विभेद हो । विश्वका अन्य मुलुकहरुमा पनि गरिब र धनि छन् तर त्यहाँ दक्षिण एसियामा जस्तो जातको आधारमा बनाइएको वर्गीय विभेद होइन । नेपाल, भारत, बंगलादेश लगायत दक्षिण एसियामा हजारौं वर्षअघि जातको आधारमा बनाइएको समाजमा यस्तै विभेद हुँदै आएको छ । छुवाछुत दलितमा मात्रै छैन कथित ठूलो जातका मानिसले क्षेत्री र वैश्यहरुलाई पनि विभेद गर्छन् र राज्यले उनीहरुलाई आफ्नो देशको नागरिक नै ठान्दैन । बाहुनबाट बाहुन नै पीडित छ । क्षेत्रीले क्षेत्रीलाई हेला गरेको छ । यतिसम्मकी हिन्दू वर्ण व्यस्थामा आधारित ब्राहमणवादी समाजमा दलितले दलितलाई नै विभेद गर्नैपर्ने, जनजातिले जनजातिलाई विभेद गर्नैपर्ने नियम पनि अथावत नै छ ।

त्यसकारण कुन जातको मान्छेले पढ्न पाउने, कुन जातकोले नपाउने, यस्तै जागीर खाने, व्यापार गर्ने, भाँडाकुँडा बनाउने जस्ता कामहरु सबै जातको आधारमा बनाइयो र त्यसलाई पुस्तौंपुस्तासम्म बदल्न नपाइने पेसाकोरुपमा स्थापना गरियो । फलस्वरुपः बाहुनले पढ्ने र पण्डित्याईं मात्र गर्ने, क्षेत्रीले शासन गर्ने, वैश्यले कृषि र व्यापार गर्ने र दलितले सीपको काम गर्दै आए । वर्णको आधारमा बनाइएको यो श्रमविभाजन पछि उल्लंघन गर्न नपाइने बनाइयो । लामो समयसम्म यस्तो अभ्यास हुँदाहुँदा पढ्न पाउनेहरु जागीरेहुँदै गए । व्यापार गर्न पाउनेहरु धनिहुँदै गए । हँसिया बनाउने, कपडा सिलाउने, बाजा बजाउने लगायतका पेसा गर्दै आएका दलितहरु गरीब हुँदै गए ।

किनकि उनीहरुलाई बालिप्रथामा काम गराइन्थ्यो । उचित ज्याला थिएन । जमिन राख्ने अधिकार थिएन ।

पढ्न र जागीर खान नपाएपछि गरीब हुनु स्वभाविकै थियो । हजारौं वर्षको यो प्रथालाई लागु गर्दैजाँदा समाजमा मानिसहरु धनि र गरिब बन्दै गए । सानो जात र ठूलो जातको अवधारणा निरन्तर आइरह्यो । र त्यो चलन आजपनि यथावत नै छ तर आजका दलित भने बालिप्रथा तोडेर ज्याला प्रथामा अघि बढ्दै छन् । नेपालको राजनीतिक इतिहास हेर्दा बेला बेला भएका आन्दोलनले छुवाछुत प्रथालाई केही कम गर्दै गएको त देखिन्छ तर पूर्णरुपमा यसलाई निमिट्यान्न पार्न त आजका शासकहरु नै चाहन्नन् । किनकि जातकै आधारमा उनीहरुले पनि शासन गर्नुपर्नेछ र गरिरहेका छन् ।

नेपालका प्रधानमन्त्रीहरुको सूची मात्र हेर्नुभयो भनेपनि कुनकुन जातका मानिसले शासन गरिरहेका छन् भन्ने प्रष्ट भइहाल्छ । इतिहास हेर्दा पढ्न खोज्ने र प्रगति गर्न खोज्ने दलितलाई कानमा तेल तताएर हाल्दिने सजाय दिइन्थ्यो । विद्रोह गर्नेलाई मृत्यृदण्ड दिइन्थ्यो र मृत्युदण्ड दिएर सम्भव नभएका कारण उनीहरुलाई बहिष्करणमा पारियो । छुन नमिल्ने बनाइयो । पानी र भोजन छुन नहुने बनाइयो । हुँदाहुँदा समाजबाट बहिष्कार नै गरियो । लामो समयक्रमपछि नेपाली राजनीतिमा दलित मुक्तिको प्रश्न त उठाइयो तर व्यवस्थित तरिकाले हल गर्न खोजिएन । दलितमाथी अझैपनि विभेद गर्ने मात्रै होइन । गैरदलितको छोरी विहे गरिदियो भनेर मार्ने अपधारिधक मानसिकता पनि नेपालमा जिउँदै छ ।

आखिर हजारौं वर्षदेखि समाजले बहिष्कार गर्दै आएका त्यो समुदायमा केकस्ता जातका प्रकारहरु छन् त भन्ने विषयमा हाम्रा पाठकहरुलाई जानकारीदिन चाहन्छौं ।

विश्वकर्मा जातिका थरहरुः

कामी, लोहार, सुनार, आग्री, चुनारा, टमटा, पार्की, असुरपाती आग्री, आफरवाडी, आफलघाती, आगरी, ओर, ओखेडा, ओड, एयरपती, इरनाई, उखेडा श्रीपाली, कामी, कर्मा, करार, काललोहार, कौशल, कालीराज, कसरा, कालीकोटे, कालीराज कुमार्की, कैनी, कोली, कालाकोटी, कसेरा, कसारो, कुलाल, कवि, कुलगल, कुयाल, कडरा करला, कमेनी, कालीमार, कोहली, खड्काथोकी, दुधराज, गोल्डस्मिथ, गहतराज, गुरताल गावा, गदाल, गोथे, गडाल, गुतील, गोतामे, गजमेर, गदली, घर्तीववरे, घताने, घतानी घमाल, घिमिरे, घामघत्ले, घडेरी, चुनारा, चौठेमार, चौढेमार, चुनार, चन्द्रा, द्धन्द्रपरे, छिनाल छामल्न, छिस्तुल, जगतीपुरे, जडकामी, जम्लाली, जाडकामी, जगडी, जइगडी, जनाला ज्याबन, टमटा, ठटरा, डोटेली, डडालीयर, डल्ली, तिरुवा, त्यागी, दुलाल, देउती, देवपाते दुराल, दुरैली, दियाली, ददेल, दयाल, दर्लामी, दुधसुनार, दुधराज, दियाली, धमाला, धनुके धयाल, धम्याल, धन्याल, धानुक, धानीक, धोतीकामी, नेपाली, पार्की, पाददेउती, पोर्तेल पियाली, परी,पहरी, पाइटु,पल्याल, पल्यान, प्वाल्याल, बुरीटमटा, बान्दे, बराईली, वरेली बछाली, बएल, बल्मान, बयानी, बाबली, बटला, बगालेथापा, बसक्याल, भन्याल, भारध्वाज भूल, महरा, मल्ल, मुड्याल, महिराज, मध्य, मरकोहली, मगरा, महिलीपार, मडयाल, मिझार, महर, रसाइली, रिसाल, रपाल, रामदाम, रैकाल, रिजाल, रामदार, राम, रामछाम राजीलौहार, रपशंकर, रुचालु लखडा, लाखड लावण,लावड, लोहार, ल्थर, ल्वागुन, लकान्द्री लौकान, लामगोद, लामगादे, लुहार, वड, बालोमर, वथानी, वेथानी, वेदानी, वरही, स्वर्णकार विखैमर, व्यागी, विर्खेमर, वंशपाली, सुजी, सदाशंकर, साशंकर, सेजवाल, सिञ्चौरी, सेतीमगर सेती, सहुरखाती, सैसवाल, सिर्पाइली, सुरुवाल, सेवा, सिगाउरे, सेतीपार, सुनधुवा, सिंगौली सेतीसिलाल, सिमलखडा, सिमलदिया, सिंगडरे, साई, सराल, सेरला, सोनाहा, सिङऔरी सुनकामी, सेतिमहर, सुखाल, सुञ्चौरी, सेन्चुरी, सेतीमोर, सिकर्मी, स्नेही, सुनार, संकटयाल सोव, सेराल, सुनी, सोनी, सिल्खाल, थोकी, हुम्लाली ।

विश्वकर्मा जातिका गैरदलितसँग मिल्ने थरहरुः

ओली, अर्याल, कार्की, घिमिरे, रिजाल, खड्काथोकी, मल्ल, धमाल, चन्द, दुलाल, सिलवाल, खनाल, खपाङ्गी, खाती, गजुरेल, गिरी, गौतम, पोख्रेल, भट्ट, भट्टराई, पन्थी, पौडेल, लोहनी, थापा, शर्मा, शाह, वराल, लामिछाने, धामी, भुषाल, सिजापति, बगाले, सिंह, बस्नेत, बास्कोटा, निरौला, तिवारी, पोखरेल, लोहनी ।

परियार जातिका थरहरुः

दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुडेक अछामे, अससाय अपटार्या, आवीखोली, आउजी, करुवाल, कनाल, कठैवरी, कटवाल, कालाथोकी, कालाखाती कोखरे, कुखुरे, काखडे, कोटानजारी, कालाखानी, कार्कीढोली, कोटाञ्जरी, खाती, गौरवाग गोरखनाथ, गुईदेल, गजमेयर, गौरी, गोतामे घतानी, घले, घतामे, चित्रकार चण्डुचार, चाहार चुडाल, छिनाल, जनैदार, टेलर, ठटाल, ठराल, ठ्याकी डौड, डेणे, तिलक्यानी, तिखत्री, दर्नाल देउकाडी, दर्जी, देवल, दास, दकास, दनोल, देउगाडी, धगाले नागरी, नेपाली, नेगी, नगर्ची नगवाग, नागरी, नगवान, पाचकुरी, पाल्पाली, पहाडी, फुडके, बर्देवा, वर्मदास, वागदास, बैज बैजाकोटी, बागचन्द, बुढाप्रीथी, बाग, बैकापी, विटालु, वेढुवा, बाग्धास, बैजनाथ, भित्रकोटी भेटेसिवा, मास्टर, मुडेल, मुडलेकार्की, मोत, माले, माल्बोक, मौले, मिस्त्रीकोटी, मंगता, याग्ने रनपहेली, रुकुमेली, रैका, रामकाजी, रनपौली, रजवर, रत्न, रेतन, रनवेहली, रजवास राजगाई, रैइगाइ, र्याइभरयार, लापे्र, सुनाम, सेवा, सुनदास, सुरयाल, सप्याली, सिवा, सुयाल सिलाल, सेन, सिलाधर, सुटयाल, साहिसमुन्द्र, सुचेउरी, सुकुवाट्याल, हिङमाङ ।

परियार जातिका गैरदलितसँग मिल्ने थरहरुः

आचार्य, अधिकारी, कार्की, कोहराल, खाती, खनाल, खतिवडा, गौतम, घले, बराल, तिवारी, मल्ल, जोरी, लामिछाने, गुरुङ, पन्त, ढुङ्गगाना, राई लुईंटेल, भुषाल, महरा, दवाडी वास्ताकोटी ।

मिजार जातिका थरहरुः

सार्की, मालभुल, भुल अच्छामी, एसके, कालो, कोतेहाल कुल्चीयार, काला, कालामग्रनी, खरिबोटे, खिलुङ्गे, खडगी, गौरीपाल, गोतामे, घिताङ्ग चर्मकार, चुडाल, छन्बेता, टोटलाङ्गी ठडोर, ठगुन्ना, ठराई, तोसाली, तोलाङ्गे, तोलाङ्गी, थाक देउला, दुलाल, देउलाकोटी, दावे, देउलापानी, दाहाल, धुरुमग्राती, धौलाकोटी, नेपाली नगरकोटी, पुरकोटी, परदी, पीपलबोटे, पाएली, पर्कोटी पुर्कोटी, बुरेल, बौडेल, बौडेल, बाह्रमरे, बम्रेल, बसेल, बङरेल बयालकोटी, बिसुन्खे, बंग्रेल, विसनेबैलकाटी, बस्याल, भूल, भियाल, भियाल, मजरकोटी मिजार, मयार, मंग्राती, मुर्दल मोटे, मुहल, मजावरी, मगर मालभुल, रामजाली, रुचाल रम्तेल, रोका, रकौल, रोकाया, रमेल, लमजेल सुर्खाली ।

मिजार जातिका गैरदलितसँग मिल्ने थरहरुः

आचार्य, अधिकारी, कोइराला, नेपाल, राठाले, रिमाल, सिंह, खतिवडा, चन्द, खड्की, गौतम, गैरे, बुढाथोकी, सपकोटा, न्यौपाने, पौडेल, बोहोरा, बोगटी, थापा, थपलिया, उप्रेती, गिरी, दाहाल, चन्द्र, लमसाल, ठगुना, देउलापाती, रामजाली, सत्याल, बस्याल, मरासिनी, पहाडी, पुलामी, घिमिरे, बन्जाडे, रोक्काशाही, राठौर ।

गन्धर्व जातिका थरहरु गन्धर्व (गाइने):

कालाकौसी, कालोपौडेल, कालिचन, कालाशाह, गाइने, गान्धारी, गायक, गायन, जोगी, बैगार, मेघनाथ, भूषाल, भाट, सूर, तुर्की बोगरी, सुरसमान, रसाइली, (भूषाल) विष्ट, बोगरी ।

वादीजातिका थरहरुः

कश्यप, केसरी, कालीयान, चन्द, छिलेल, छिलाल, छिन्वयाल, जोगी जुम्लेली, दास, दुमार्की, राना, वादी, भाँड, हुँड्के धिताल, लेकाली, पहाडी, (राजयोग), शिह, वैश्य, नगर्ची, खाती, वसेल, गौतम, नेपाल, लेकाली, मगर, बाध्यकार, बाठा, नेपाली, छिनाल, वाहय, बैकार, पौडेल, पोखरेल, सिमाल, हरिथंगा, खनौटे, बोरेसाहा ।

वादीजातिका गैरदलितसँग मिल्ने थरहरुः

कुमाल, खड्का, गहतराज, गोतामे, चन्द बराल, रिजाल, खान, जोगी, श्रेष्ठ, निरौला, कोइराला, उपाध्याय, बोटे, खाती, ठाकुर, राना,साह, नेपाली, भाँक ।

कलर जातिका थरहरुः सरवरिया, विकाउ ।

ककैहिया जातिका थरहरुः

राय ककैहिया जातिका गैर दलितसँग मिल्ने थरहरुः राय ।

कोरी जातिका थरहरुः कुरील, गौतम, भारती ।

कोरी जातिका गैरदलितसँग मिल्ने थरहरुः गौतम, भारती

खटिक जातिका थरहरुः कोली, सोनकर ।

खत्वे जातिका थरहरुः मडंल, खङग शर्मा धानुक ।

बेल्दार खत्वे जातिका गैरदलितसँग मिल्ने थरहरु: शर्मा धानुक, मण्डल ।

चमार जातिका थरहरुः

राम, मोची, हरीजन, रविदास (रैदास) महरा

चमार जातिका गैरदलितसँग मिल्ने थरहरु: महरा

चिडियामार जातिका थरहरुः सरनेरीया, सरनरिया, करौरीया, यादव, नट, बखु ।

चिडियामार जातिका गैरदलितसँग मिल्ने थरहरु: यादव ।

डोम जातिका थरहरुः

मरिक, मल्लिक, मल्लि, महिल, गुसराम ।

डोम जातिका गैरदलितसँग मिल्ने थरहरुः मल्लीक

तत्मा जातिका थरहरुः ताँती, दास (मण्डल) महरा, पात, बनौजिया ।

तत्मा जातिका गैरदलितसँग मिल्ने थरहरुः मण्डल, महरा

दुसाध जातिका थरहरुः पासवान, हजारा दुसाद, हजारी, पासमान

धोवी जातिका थरहरुः

रजक हिन्दु, पथिक, कनौजिया, आर्या, पत्थरकट्टा, मगता, माहुत, कुशवडिया, मंगी, वाल्मीकि, शाकी, रमन, धावी, साफी, वैठ्ठो, निर्मलकार, रत्ना, बेठा, मेहता, मधैया, आर्य, मधेसीया, दास, राजधोव, कनेजीया, धोवी, रमण, राउत, माझी, धवल, सम्धी, एसर ।

धोवी जातिका गैरदलितसँग मिल्ने थरहरुः चौधरी, महता, माझी

पासी जातिका थरहरुः सूर्या, महतो, चौधरी, गौतम, तरसुहिया ।

पासी जातिका गैरदलितसँग मिल्ने थरहरुः महतो, चौधरी, गौतम ।

बाँतर जातिका थरहरुः सरदार, माझी, धोकेवाल, राजवंशी, ढोकेवाज ।

माइती बाँतर जातिका गैरदलितसँग मिल्ने थरहरुः राजवंशी ।

मुसहर जातिका थरहरुः सदा, ऋषिदेव, हेमराम, भदरी, माझी, तिरुहुतिया, मधैया, ढोलबाजा, कहरिँया, रिखिकुल, तिरासक ।

मेस्तर जातिका थरहरुः हलखोर, राउत, मेहतर, जम्दार ।

मंगी मेस्तर जातिका गैरदलितसँग मिल्ने थरहरुः राउत ।

सरभङ्ग जातिका थरहरुः सरवरीया, सरभोर, सरभङ्ग, धामी, बाँतर ।

नट मधेशी मूलमा थप गर्नुपर्ने जातिहरुः पटवा, विल्टाउ, विन (मुखिया), मलाह (सहनी), गोढीया ।

पहाडी समुदाय भित्रका दलितः पोडे, देउला, पूजारी, जलारी, जालन्धर, च्यामे कुचिकार, च्यमखल, विटालु, मगन्त ।

स्रोतः राष्ट्रिय दलित आयोग ।

Kantipath Media

यो छुट्टाउनु भो कि..