annapurna add

sadsdsdsdsdsdsd

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा आफ्नो प्रस्ताव राखेपछि त्यसमाथि अध्ययन र आवश्यक कारबाहीका लागि नेकपा सचिवालय बैठक आगामी मंसिर १६ गते बस्ने भएको छ।

बालुवाटरमा शनिबार दिउँसो १ बजे बसेको बैठक करिब दुई घण्टापछि अन्त्य भएको थियो। सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘कमरेड अध्यक्ष ओलीले पेश गरेको प्रस्ताव अध्ययन गरेर कसरी अगाडि बढ्ने, त्यसका लागि आगामी १६ गते दिउँसो १ बजे पार्टी कार्यालय धुमबाराहीमा सचिवालय बैठक बस्ने निर्णय गरिएको छ। प्रस्ताव हेर्न पाइएको छैन, त्यो बन्द खाममा प्राप्त छ।’

आजको बैठकमा अध्यक्षद्वय ओली–प्रचण्ड तथा वरिष्ठ नेता र उपाध्यक्षहरुले पार्टी एकतालाई बल दिनुपर्ने र विवादित विषय छलफल बहसबाट टुंग्याउनु पर्ने धारणा व्यक्त गरेको उनले बताए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार