annapurna add

asdfghjkmnbv

अहिले विश्वभर २ सय ६० वटा खोप परीक्षणको चरणमा छन्। जसमध्ये ५७ वटा क्लिनिकल ट्रायलमा छन्। यीमध्ये पनि १२ वटा तेस्रो चरणको परीक्षणमा छन्। तेस्रो चरणको परीक्षणमा फरकफरक उमेर समूह, भौगोलिक अवस्थितिका मानिसहरुलाई धेरै वटा समूहमा विभाजन गरेर खोप लगाइन्छ। यसबाट विभिन्न समूहमा कस्तो प्रभाव पर्छ भनेर अध्ययन गरी निचोड निकालिन्छ।

अहिलेसम्म कुनै पनि खोपले आम प्रयोगको अनुमति पाइसकेका छैनन्। तर कतिपय मुलुकले आपतकालीन प्रयोगको स्वीकृति दिइसकेका छन्। अहिले विकास भइरहेका खोपहरुमध्ये कुनै पुरानै विधिअनुसार बनेका छन् भने केही नयाँ विधिबाट बनाइएको छ।

नयाँ विधिबाट निर्मित खोपको विकास छिटो हुन्छ तर पुराना विधिबाट निर्मित खोप धेरै उत्पादन गर्न सहज हुन्छ। त्यसैले हाम्रो लागि पुरानो विधिबाट निर्मित खोप बढी उपयुक्त हुन्छ। रुस, चीन, भारत र अक्सफोर्डले पुरानो विधिबाट खोप बनाएका हुन्।

अन्तिम चरणको परीक्षणमा रहेकामध्ये फाइजर, मोडेर्ना र अक्सफोर्डले तेस्रो चरणको परीक्षण पनि सकिएको र त्यसबाट ती खोप निकै प्रभावकारी देखिएको जनाएका छन्। यता चीनमा क्यानसिनोले बनाएको एक र सिनोफर्माले बनाएको दुई प्रकारको खोप तेस्रो चरणको परीक्षणमा छन्। चीन सरकारले त्यो परीक्षण पुरा नहुँदै देशभित्र प्रयोग गर्ने अनुमति दिइसकेको छ। त्यसैगरी रुसको गामेलिया कम्पनीले बनाएको स्पुतनिक भी खोपलाई पनि तेस्रो चरणको परीक्षण नसक्दै त्यहाँको सरकारले प्रयोग गर्ने अनुमति दिएको छ।

फाइजर र मोडेर्नाले निर्माण गरेको खोप नयाँ विधिबाट बनेको हो। अक्सफोर्डले निर्माण गरेको चाहिँ पुरानो विधि हो। पुरानो विधिबाट बनाएको खोप २ देखि ८ डिग्री तापक्रममा राख्न सकिन्छ। नयाँ विधिबाट बनाएको खोपलाई माइनस २० देखि ६० डिग्रीको तापक्रममा राख्नु पर्ने हुन्छ।

नेपालको जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी कोभ्याक्स फेसिलिटीबाट खोप आउनेछ। त्यसको मूल्य १.६ देखि २ डलरसम्म पर्नेछ। विश्व बैंकदेखि बिल गेट्स फाउन्डेसनसम्म सबैले कोभ्याक्स फेसिलिटीमा पैसा हालेका छन्। कोभ्याक्सले गरिब देशहरुमा यो खोपलाई २ डलर पनि पर्नु हुँदैन भन्दै आएको छ।

नेपालको २० प्रतिशत जनसंख्या भनेको ६० लाखको हाराहारी हुन्छ। प्रतिव्यक्ति २ डोज किन्दा नेपालले १ करोड २० लाख डोज किन्नु पर्ने हुन्छ। त्यस आधारमा २ डलर अनुसार हिसाब गर्दा पनि २ करोड ४० लाख डलर हुन्छ। अमेरिकी डलर र नेपाली रुपैयाँको अहिलेको विनिमय दरका आधारमा यो रकम २ अर्ब ८३ करोड रुपैयाँ हुन आउँछ।

कोभ्याक्स फेसिलिटीले हस्ताक्षर गर्ने ९२ वटा देशहरुसँग हामीले दिने २० प्रतिशत खोप कसकसलाई दिने हो प्रस्ताव पठाउन भनेको छ। खोप प्रयोगसम्बन्धी विस्तृत प्रस्ताव डिसेम्बर ७ सम्ममा नेपाल सरकारले बुझाइ सक्नु पर्नेछ।

अर्कोतर्फ खोप राख्न कोल्ड चेन पनि आवश्यक पर्न सक्छ। कोल्ड चेन सुदृढीकरणको के योजना छ भनेर पनि कोभ्याक्सले सोधेको छ। त्यसको लागि पनि उसले प्रस्ताव माग गरेको छ। किनभने अहिले उपलब्ध कोल्ड चेन पहिलेदेखि प्रयोग गर्दै आएको खोपले नै भरिएको हुनसक्छ। खोप ल्याउन र कोल्ड चेन बनाउनका लागि प्राविधिक सहयोग चाहिन्छ कि चाँहिदैन? चाहिने हो भने के कति र कस्तो प्राविधिक सहयोग चाहिन्छ? त्यससम्बन्धी पनि प्रस्ताव प्रस्तुत गर भनेको छ।

विश्वभर फैलिएको घातक रोग कोरोना भाइरस विरुद्ध लड्न र यसलाई हराउनको विश्व लागि परेको छ । तर धेरै औषधी विकासकर्ताहरूले खोप सुरक्षित नभएसम्म सरकारको स्वीकृति नलिने निर्णय गरेका छन्। विश्वका धेरै देशहरूमा भ्याक्सिन बनाउन राजनीतिक दबाब रहेकोले यो कदमलाई ठूलो झट्का लागेको छ। संयुक्त राष्ट्र महासभाका अध्यक्षले कोरोना भाइरस खोप विश्वका सबै देशहरूमा उपलब्ध हुनुपर्ने बताएका छन् । यहाँ हामी तपाइहरुलाइ हाल कोरोना खोपको बारेमा कहाँ कसरी अनुसन्धान भइरहेको छ र यो कुन तहमा छ भन्ने बारे जानकारी दिन गइरहेका छौ ।

रसियाको खोप ’स्पुतनिक भि’ – रसियाले यस खोपको दौड निरन्तर जारी राखेको छ। खोपको प्रारम्भिक नतीजा उत्साहजनक देखिएको छ । रसियाको खोप स्पुतनिक भि साना साना समुहहरुमा परीक्षणहरु गरिएको छ। यी परीक्षणहरूमा, १८ देखी ६० बर्ष उमेर समुहका ३८ जनामा परिक्षण गरिएको थियो। पहिलो खोपको २१ दिन पछि दोस्रो खोप दिइयो र ४२ दिन सम्म निगरानीमा राखियो । सबै उम्मेदवारहरूले तीन हप्तामा कोरोना भाइरस विरुद्ध लड्न एन्टिबडीहरू विकास गरे।

भारतमा कोरोना खोप –भारतमा हाल तीनवटा कोरोना खोपहरू परिक्षणमा छन् । सरकारी स्रोतका अनुसार देशका दुईवटा खोप परीक्षणको दोस्रो चरणमा छन् भने एउटा खोप यसको तेस्रो र अन्तिम चरणमा छ। भारत बायोटेकआईसीएमआर द्वारा विकसित गरिएको खोप कोभाक्सिन परिक्षणको दोस्रो चरणमा छ। जसलाइ देशको पहिलो स्वदेशी खोप भनिन्छ । त्यसैगरी देशको दोस्रो स्वदेशी खोप मानिने जाइकोव डि नामक खोपको दोस्रो चरण चलिरहेको छ । भारतको सीरम संस्थान र अक्सफोर्ड विश्वविद्यालय खोप तेस्रो र अन्तिम चरणमा परीक्षणमा छ।

अक्सफोर्ड विश्वविद्यालय खोप- अक्सफोर्ड विश्वविद्यालयको खोप परियोजनामा स्वीडेनको फार्मा कम्पनी अस्ट्राजेनेका पनि सामेल छ। अक्सफोर्ड विश्वविद्यालयको कोविड खोपको परीक्षण विश्वका विभिन्न देशहरूमा भइरहेको छ। यस खोप प्रोजेक्टको पहिलो र दोस्रो चरणहरूको परीक्षण अप्रिलमा इग्ल्याण्डमा एकै साथ पूरा भयो। तर एक जनामा परिक्षणले बिरामी बनाएपछि हाललाइ यसको परिक्षण रोकिएको छ ।

अमेरिकाको मोडर्ना कोरोना भ्याक्सिन - अमेरिकाको मोडर्ना नाम दिइएको खोपको क्लिनिकल परीक्षणमा अमेरिकी स्वास्थ्य स्वास्थ्य संस्थान पनि सामिल छ। एनआईएच निर्देशक फ्रान्सिस कोलिन्स भन्छन् कि २०२० को अन्त सम्म कोरोना खोप लगाउने लक्ष्य छ। नेशनल इन्स्टिट्युट अफ हेल्थ र मोडर्ना इंकमा डा. फौचिका सहयोगीहरूले यस खोपको विकासको काम गरिरहेका छन्। यस खोपको सब भन्दा महत्वपूर्ण चरण २७ जुलाईदेखि सुरू भएको हो। यसको परीक्षण तीस हजार व्यक्तिमा भइरहेको छ र त्यसपछि मात्र यो खोपले मानव शरीरलाई वास्तवमा कोभिड १९ बाट बचाउन सक्छ कि सक्दैन भनेर थाहा पाउनेछ।

चीन कोरोना भ्याक्सिन कोरोनाभ्याक – चीनको निजी फार्मा कम्पनी सिनोवाक बायोटेकले काम गरिरहेका कोविड भ्याक्सिन परियोजना परीक्षणको तेस्रो र अन्तिम चरणमा पुगेको छ। यो मोडर्ना र अक्सफोर्ड पछि परीक्षणको अन्तिम चरणमा पुग्ने तेस्रो खोप हो। यो खोप ब्राजिलमा नौ हजार स्वयंसेवकहरूमा परीक्षण भइरहेको छ।

अमेरिका र जर्मनीको साझा खोप बीएनटी १६२ बी - अमेरिकी फार्मा कम्पनी ’फाइजर’ र जर्मन कम्पनी ’बायोनटेक’ ले कोभिड खोप परियोजना बीएनटी १६२ बी २ मा सँगै काम गरिरहेका छन्। यी दुई कम्पनीहरूले एउटा संयुक्त बयान जारी गरेका छन् कि खोपको मानिसमा परीक्षणको अन्तिम चरणमा पुगेको छ। यदि यी परीक्षाहरू सफल भएमा तिनीहरूले अक्टोबरको अन्त्यसम्ममा सरकार बाट अनुमोदनको लागि आवेदन दिन सक्षम हुनेछन्। कम्पनीले २०२० को अन्त्यसम्म १०० मिलियन खोप आपूर्ति गर्ने र २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड सुनिश्चित गर्ने योजना बनाएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार