अर्थमन्त्रीले श्वेतपत्र सार्वजनिक गर्ने

अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने छ ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले देखायको अवस्थालाइ श्वेतपत्रमा समेटिने जानकारी दिए । आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने छ ।

उनले पूर्ववर्ती सरकारले ल्याएको बजेट नै संसदमा टेबल गर्ने भएका छन्। कार्यक्रममा उनले भने, ‘बजेट संसदमा साउन ३ गते नै टेबल गर्छु, संसदले के गर्छ, त्यही ढंगले अघि बढ्छु।’ संसदले संशोधनसहित अहिलेकै बजेट कार्यान्वयन गर्न भन्यो भने त्यहीअनुसार आफू अघि बढ्ने उनले बताए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..