एमालेमा कसको शक्ति कति ?

सर्वोच्च अदालतले २७ जेठको आदेश अनुरूप एमाले २ जेठ ०७५ कै पार्टीगत संरचना फर्कियो भने अध्यक्ष केपी ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालबीचको शक्ति संरचना निकै रोचक देखिन्छ । एमालेको २०५ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष ओली बहुमतमा देखिन्छन् । २०५ केन्द्रीय सदस्यमध्ये ९० जनाको हाराहारीमा खनाल–नेपाल पक्षमा खुलेका छन् । खनाल–नेपालको केही दिन अघिको भर्चुअल केन्द्रीय समितिको बैठकमा ९१ जना सहभागी भएको दाबी गरिएको थियो ।

त्योभन्दा पहिला अर्याल होटलको केन्द्रीय कमिटी बैठकमा भने ८८ जना सहभागी थिए । योबीचमा प्रदीप मेयाङ्वो, सोम मिश्रसहितका केही केन्द्रीय सदस्य खनाल–नेपाल समूह छोडेर ओली पक्षमा खुलेका छन् । त्यसमा कम्तिमा ८८ जना हुने खनाल-नेपाल पक्षको दाबी छ । २०५ सदस्यीयमध्ये १४ पद रिक्त रहेको छ । ती १४ मध्ये पशुपति चौलागाईं, योगनारायण यादव, महिन सुब्बा लिम्बु, रविन्द्र अधिकारी र दिनशचन्द्र यादवको निधन भएको छ ।

पदाधिकारीमा को कता ?
ओली पक्ष : केपी शर्मा ओली, विद्या भण्डारी (राष्ट्रपति), ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृश्वीसुब्बा गुरुङ
माधव पक्ष : भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, बामदेव गौतम, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई

स्थायी कमिटीमा को कता ?
ओली पक्ष : शंकर पोखरेल, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, पुष्प कँडेल, सोमनाथ प्यासी र केशव बडाल
माधव पक्ष : माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे र अमृत बोहोरा

पोलिटब्युरोमा को कता ?
ओली पक्ष : अग्नि खरेल, काशिनाथ अधिकारी, गणेश तिमिल्सिना (राष्ट्रियसभा अध्यक्ष), थममाया थापा, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यमलाल कँडेल, राधा ज्ञवाली, विष्णु रिमाल र लालबाबु पण्डित
माधव पक्ष : अरुण नेपाल, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, बेदुराम भुसाल, रघुजी पन्त, राजेन्द्र पाण्डे, रामप्रित पासवान, विजय पौडेल र श्रीमाया थकाली

वैकल्पिक पोलिटब्युरोमा को कता ?
ओली पक्ष : कर्ण थापा, गोकुल घर्ती, गोरख बोगटी, जगत विश्वकर्मा, दलबहादुर राना, युवराज कार्की (राजदुत), शेरधन राई सानुकुमार श्रेष्ठ (प्रदेश सभामुख) रहेका छन् ।
माधव पक्ष : गौरा प्रसाईं, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, वंशीधर मिश्र (राजदुत) र शत्रुधन महतो छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..