पदमुक्त मन्त्रीहरु किन भेला भए बालुवाटार

सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री खड्ग प्रसाद ओली भेट्न बालुवाटार पुगेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ओली सरकारका २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको हो ।

प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर, प्रधानन्यायाधीश जबरा र न्यायाधीश राणाको इजलासले संविधानको धारा ७७ को उपधारा ३ लाई आधार मानेर २० मन्त्रीलाई पदमुक्त गरेको हो ।

अदालतको फैसला आएपछि सिंहदरबारमा रहेका केही मन्त्रीहरु त्यहाँबाट सिधै बालुवाटार पुगेका छन् ।

अहिले उनीहरुको प्रधानमन्त्री ओलीसँग छलफल चलिरहेको बताईएको छ । नेकपा एमालेले अदालतको फैसलालाई अप्रत्यासित भनेको छ ।  र, यसले देशको राष्ट्रिय राजनीति थप जटिलतातर्फ अघि बढेको प्रदीप ज्ञवालीले प्रतिक्रिया दिएका छन् ।

जेठ २१ शपथ लिएकाहरु
राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
लक्ष्मणलाल कर्ण
विमलप्रसाद श्रीवास्तव
उमाशंकर अरगरिया
चन्दा चौधरी
एकवाल मिया
चन्द्रकान्त चौधरी
रेणुका गुरुङ
एमालेबाट मन्त्रीबनेका जेठ २१ गते
रघुवीर महासेठ
शेरबहादुर तामाङ

जेठ २७ गते मन्त्री बनेका
राजकिशोर यादव
नैनकला थापा
ज्वालाकुमारी साह
नारदमुनी राना
मोहन बानियाँ
आशाकुमारी विक
खगराज अधिकारी
गणेश पहाडी


Ganesh BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..