annapurna add

काठमाडौँ : सांसदहरूले महिलाबाट पीडित पुरुषहरूलाई पनि न्याय दिनुपर्ने आवाज उठाएका छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बुधबारको बैठकमा खासगरी वैदेशिक रोजगारीमा गएका पुरुषहरू पीडित भएको भन्दै सांसदहरुले न्याय दिनुपर्नेमा जोड दिएका हुन् ।

Women victimized menयस्तै, पुरुष र महिला दुवैलाई महिला आयोगले न्याय दिनुपर्ने सांसद हिरा गुरुङको भनाइ थियो । 'महिलामात्रै होइन पुरुष पनि पीडित हुन्छन् । आफ्नो सम्पत्ति, परिवार, घरबार सबै श्रीमतीलाई छोडेर खाडीको गर्मीमा कमाउन जान्छन् । पैसा पठाउँछ । फर्केर आउँदा न सम्पत्ति छ न घरबार,' उनले भनिन्, 'महिला आयोगले दोहोरो भूमिका खेल्नुपर्छ । महिलाका लागिमात्रै हौं भन्नहुन्न ।' पीडित महिलाले आयोगमा उजुरी दिन पाउने तर महिलाबाट पीडित पुरुषले उजुरी दिन कता जाने भनेर सांसद नारायणप्रसाद खतिवडाले प्रश्न गरेका थिए ।

सांसद गंगा चौधरी सत्गौवाले पीडित पुरुषहरूले न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गरेकी थिइन् । उनले भनिन्, ‘महिलामात्रै पीडित छैनन् । पुरुषहरू कहाँ जाने न्याय खोज्न ? महिलाले पनि पुरुषमाथि अन्याय गरेका छन् । श्रीमान् विदेशमा काम गर्ने यहाँ श्रीमति अर्कैसँग घुम्ने, भए भरको सम्पत्ति कुम्ल्याउने । विदेशबाट फर्किँदा न आफ्नो परिवार न सम्पत्ति, न श्रीमती !'

राष्ट्रिय महिला आयोगकी सचिव शान्ता अधिकारी भट्टराईले पीडित पुरुष पनि हुने भए पनि आफूहरूले कानुनअनुसार पीडित महिलाको मात्रै उजुरी लिन मिल्ने बताइन् । पुरुषहरू सुरुमा आफूमाथि भएको हिंसाको उजुरी कतै नदिने गरेको पनि उनको भनाइ थियो ।

सचिव भट्टराईकाअनुसार २०७५ साउनदेखि २०७६ असारसम्म घरेलु हिंसा र महिला हिंसाका १४ सय ७४ घटना भएका छन् । जसमध्ये सबैभन्दा बढी मानसिक हिंसाका ५ सय ८९ घटना भएका थिए ।

शारीरिक हिंसाका पीडित महिलाको संख्या ४ सय ५८, आर्थिक हिंसाका २ सय २४ र यौनजन्य हिंसाका ४७ वटा घटना भएको आयोगले जानकारी दिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर