क्षेत्रपामा युवा सक्रियता : कोरोना नियन्त्रणका लागि आर्थिक संकलनलाई तिब्रता

दोलखाका स्थानीय तहहरुले कोरोना नियन्त्रणमा आफै तत्परता देखाउन थालेका छन् । बैतेश्वर गाउँपालिका वडा नं ८ का स्थानीय युवाहरुले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि दुई दिन मै २ लाख पचास हजार भन्दा बढी रकम संकलन गरिसकेका छन् । पालिका मै कोरोना हटस्पटको रुपमा देखिएपछि वडाअध्यक्ष रमेश अधिकारीको पहलमा क्षेत्रपाका राजनीति, व्यवसायमा संलग्न युवाहरु पुष्कर अधिकारी, भरत श्रेष्ठ, प्रभु जिरेल, सुब्बा श्रेष्ठ, शान्त जिरेल, नवराज श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतले अभियानको सुरुवात गरेका हुन् । वडाअध्यक्ष अधिकारीका अनुसार देशविदेशबाट सहयोग आउने क्रम जारी छ । पारदर्शी ढंगले संकलित रकमको प्रयोग गरिने अधिकारीले बताए ।

कान्तिपथलाई भरत श्रेष्ठले उपलब्ध गराएको सुची अनुसार श्री क्षेत्रवती मा.वि क्षेत्रपा दोलखा पचास हजार र समाजसेवी पद्मा प्रधानले एक लाख उपलब्ध गराएका छन् । ५-१० हजार सहयोग गर्ने थुप्रै भएको र फेसबुकका माध्यमबाट सार्वजनिक गरिएको श्रेष्ठले बताए । अर्का अभियन्ता पुष्कर अधिकारीका अनुसार तत्कालिन रुपमा अभियान वडामा केन्द्रित भएपनि बिस्तारै पालिका र जिल्लाभर चल्नेछ ।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न क्षेत्रपामा फैलिएको कोरोनाको अवस्थालाई मध्यनजर गर्दै सुरक्षाका उपाय अवलम्बन सहित रोकथाम, नियन्त्रण र उपचारको लागि बिप्पद ब्यबस्थापन गर्नको लागि सहयोग संकलन भइरहेको र स्वास्थ्यको हकबाट कुनै पनि नागरिक बन्चित नहुने वडाअध्यक्ष अधिकारीले बताए । उनका अनुसार पालिकामा अक्सिजन सहितको बेड तयारी अवस्थामा राखिएको छ, एम्बुलेन्स पनि तयारी अवस्थामा छ । वडाअध्यक्ष अधिकारीले सार्वजनिक अपिल जारी गर्दै आम नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेका छन् । अन्य सेवा सुबिधा विस्तारका लागि सिडियो, समन्वय सभापति, सांसदहरु लगायतसंग सहकार्य भैरहेको छ । आज केहि स्वास्थ्य सुरक्षाका सामाग्रीहरु स्थानीयहरुमा वितरण गरिएको छ भने केहि दिन पहिले टोलि नै काठमाडौँ आएर विरामीको व्यवस्थापन गरेको थियो ।

कोरोना महामारीलाई लक्षित गर्दै दोलखाबाट निर्वाचित संघ र प्रदेशका प्रत्यक्ष निर्वाचित तीन जना सांसदले पचास पचास लाखका दरले बजेट विनियोजन गरेर १ करोड ५० लाख बजेट विनियोजन गरेका थिए । उक्त बजेटबाट पिसिआर मेसिन खरिद गरेर हाल चरिकोट अस्पतालमा प्रयोगशाला स्थापना गरिएको छ । एक पटकमा एक सय जनाको स्वाब परीक्षण गर्न सकिनेछ ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..