समाजसेवी यशोदा भट्टद्वारा मनशरा बिकलाई खाद्यान्न सहयाेग

कोरोना भाइरस (कोभिड–१९) को महामारीले सरकारले जारी गरेको काठमाडौं उपत्यकासहित  देशभर निषेधाज्ञा आइतबारबाट थप कडाइ गरेको छ।

कारण दैनिक मजदुरी तथा ज्यालादारी गरिखाने वर्ग प्रत्यक्ष मारमा परेको छ ।

आइतबार गोदावरी नगरपालिका  वडा नम्बर ११ ओलानीमा बस्ने  मनशरा बिकलाई आफ्नो ज्यानकाे बाजी थापेर पनि सामजिक सेवामा रातदिन नभनी खट्नु भएकी सामजिक अभियान्ता  यशोदा भट्टले खाद्यान्न उपलब्ध गराइएको छ ।

देशभर  निषेधाज्ञा कारण खाद्यान्न संकट भएपछि मनशरा बिककाे  घरमै पुगेर खाद्यान्न उपलब्ध गराएको समाजेवी यशोदा भट्टले  कान्तिपथ डटकमलाई  बतायाे ।

उनले एक बोरा चामल दाल तेल र साबुन सहयोग गरेकाे छ भने निषेधाज्ञा खुलेपछि बस्नेलाई मनशरा बिककाे  घर समेत बनाइदिने उनकाे दावी छ ।

मनशरा बिकका चार वटा सानाे छाेरा छन् भने एक वटा छाेरी । टिनले छाएको घर छ भने घरकाे कम्पाउण्ड वाल  छैन ।

खुल्ला आकास मुनि चाैउरमा रात दिन बिताउनु पर्ने बाध्यता छ ।

कहिले काहीँ कसैले एक/दुई गाँस खान दिए पनि सहारा दिन चाहिँ कोही अघि सरेका छैनन् ।

जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने–ओ छ्याउने थप कपडा छैन ।

दिउँसो घाम तापेर र राति आगो बालेर बस्ने गरेका छन् ।

यो कुनै चलचित्रको कथा जस्तो लाग्ने पीडा गोदावरी नगरपालिका  वडा नम्बर-११का  टुहुरा दलित बालबालिकाको हो ।

मनशरा बिकका श्रीमानकाे क्षयरोग अर्थात टिबी रोगबाट उपचार अभावमा २ वर्षअघि मृत्यु भयो ।

खाद्यान्न सामग्री पाएपछि मनशरा बिकले केही राहत महशुस गर्दै सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गरेकी छिन् ।

हेर्नुहाेस् यस्ताे छ अबस्था मनशरा बिककाे

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।

गत २४ घण्टामा १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म ४८ हजार ७११ सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी देशभर पछिल्लो २४ घण्टामा १६ हजार १४७ पीसीआर तथा ६२३ एन्टिजेन परीक्षण भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।

यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेको छ । मन्त्रालयका अनुसार ६७ जना क्वारेन्टाइन र ४८ हजार ७११ जना आइसोलेसनमा छन् ।

ganesh Bk
http://kantipath.com

यो छुट्टाउनु भो कि..