नेतृत्व हत्याउन वाइसीएलमा तिब्र दौडधुप : यी हुन् अध्यक्ष र महासचिवका आकांक्षी

नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसीएल)को अध्यक्ष र महासचिव चयनमा सहमति जुट्न नसक्दा शनिबार सुरु भएको राष्ट्रिय भेला स्थगित भएको छ। अध्यक्षका २ र महासचिवका ४ जना प्रत्यासीबीच सहमति जुट्न नसक्दा राष्ट्रिय भेला सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

वाइसीयलको आगामी नेतृत्वका लागि सुमन देवकोटा र सुवोध श्रीपाइली आकांक्षी छन्। महासचिवका लागि ज्ञान बहादुर गुरुङ, गणेश बहादुर शाही, मिङ्मा डल्लु शेर्पा र नवराज ढुङ्गाना आकांक्षी छन्। कास्कीका देवकोटा अहिले वाईसीएलको उपाध्यक्ष छन्। रुकुम पूर्वका श्रीपाइली हाल महासचिव छ्न्। छलफलका आधारमा सोमबार नेतृत्व चयन हुने वाईसीएलले जनाएको छ । उपाध्यक्ष सुमन देवकोटाको उमेर विधान अनुसार अब ७-८ महिना मात्र बाँकी रहेको बताइन्छ ।

वाईसीएलको श्रव्य दृश्यका माध्यमबाट जारी राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्र सक्ने तयारी थियो तर नेतृत्व छनोटमा सहमति हुन नसक्दा निर्धारित कार्यक्रम पछिल्लो दिनलाई सरेको छ । बन्दसत्रले २३१ सदस्यीय केन्द्रीय समिति, ३५ सदस्यीय पदाधिकारी र तीनवटा केन्द्रीय आयोग निर्माण गर्ने भएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..