युथ-एडभोकेसीद्वारा सिन्धुपाल्चोकका बाढीपहिरो पिडितलाई १०० थान ग्यास चुल्हो वितरण

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढीपहिरो पीडित परिवारलाई ग्याँस चुल्हो वितरण गरिएको छ । गैरीगाउँ जागृत महिला समूह ,युथ एड्भोकेसी नेपाल र ग्लोबल पीस फाउण्डेशनको आर्थिक सहयोगमा एक सय वटा चुल्हो वितरण गरिएको युथ एड्भोकेसी नेपालले जानकारी दियो ।

मेलम्चीमा ५० वटा र हेलम्बुमा ५० बटा चुल्हो वितरण गरिएको संस्थाले बतायो । बाढी पीडितहरुलाई देश तथा विदेशबाट खाधान्न, लत्ताकपडा र खाधान्न सहयोग भएकाले आफूले चुल्हो वितरण गरेको युथ एड्भोकेशी नेपालका अध्यक्ष नरेन खतिवडाले जनाएका छन् ।

काठमाडौंबाट चुल्हो खरिद गरि शनिबार एक कार्यक्रमकाबीच स्थानीय तहका मेयर र वडाध्यक्षलाई हस्तान्तरण गरिएको खतिवडाले जनाएका छन् । युथ एड्भोकेसी नेपाल युवाहरुको सशक्तिकरणमा क्रियाशिल संस्थाका रुपमा परिचित रहेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..