सशस्त्र प्रहरीको गोली लागि पश्चिम नवलपरासीमा युवकको मृत्यु

सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु भएको छ। पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका ६ का २२ वर्षीय अविनाश राजभर घाइते भएका थिए।

घाइते राजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्‍याइएको थियो। उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए।

साथै स्थानीय युवाहरूको भीडको आक्रमणबाट सशस्त्रका प्रहरी नायब निरीक्षक शंकर बुढाथोकी घाइते भएको र उनको टाउकोमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..