गैर आवासीय नेपाली सघं कतारकाे च्याप्टर सह-कोषाध्यक्षमा आचार्यकाे उम्मेद्धवारी

लामो समयदेखि कतारमा रही सामाजिक क्षेत्रमा अगुवाको भूमिका निर्वाह गर्दै आएका गुल्मेली युवा झविन्द्र आचार्यले गैर आवासिय नेपाली संघ कतारकाे एन.आर.एन.ए ( च्याप्टरको ) आगामी निर्वाचनमा सह–कोषाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका छन् ।

गुल्मी सेवा समाज कतारको पुर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको प्रमुख सल्लाहकारको रुपमा रहेका आचार्यले कतारबासी नेपालीहरु सगँकाे सामिप्यता बढ्दै जाँदा कतारमा स्थापित संघ-संस्था समुदाय तथा गैर आवासीय नेपाली संघ कतारसँग पनि धेरै नजिक भएर काम गर्ने मौका मिलेको र यसले आफुलाई सामाजिक काम गर्नका लागि थप उत्साह मिलेको बताए ।

आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उमेदवारी घोषणा गर्दै जिम्मेवारी सहित आगामी कार्यकालको कार्यसमितिमा रहेर सेवा गर्ने दृढ ईच्छा भएको हुदा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आसन्न नवौ अधिवेशनबाट निर्वाचित हुने २०२१–२०२३ कार्यकालका लागि सह–कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको जनाएका छन् ।

उनले यसका लागि कतारमा स्थापित सम्पुर्ण संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा समाज सेवी महानुभावहरु समक्ष सहयोगको अपेक्षा सहित हार्दिक अपिल समेत गरेका छन् ।

उनले गैर आवासीय नेपाली संघका विभिन्न अभियानलाई पुर्णता दिन थप उर्जा प्रदान गर्नेछु भन्दै पुर्ण साथ सहयोग र समर्थनको अपेक्षा सहित आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

गुल्मीकाे मालिका गाउँपालिका ,५ छापहिलेमा जन्मेर कतारमा ब्यवसायिक तथा सामाजिक जीवन बिताउँदै आएका आचार्य बिगत लामो समय देखि कतारमा रहेर कतार बसि दुखी गरीब नेपालि हरुको सहयोगमा रात दिन साथमा साथ काधमा काध मिलाउदै बिभिन्न कारणले अप्ठेरोमा परेका नेपालीहरुका लागि सहयोगी ब्यक्तिको भूमिका निर्वाह गर्दै आएका छन् ।

गुल्मी सेवा समाजलाई संस्थागत गर्दै गुल्मेली युवाहरुलाई समाजसित जोड्दै रचनात्मक बनाउन महत्वपुर्ण भुमिका खेलेका छन् । नेपालमा दुखमा परेका ब्यक्तिहरुलाई उपचार तथा अन्य सहयोग जुटाउने अभियानमा नेतृत्वदायी भुमिका निर्वाह समेत गर्दै आएका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..