लुम्बिनी कांग्रेस: पुनद्वारा शाह पराजित, पर्दा पछाडी भण्डारी र गृहमन्त्रीको प्रतिष्पर्धा !

  • 1 month अगाडि

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका छन्। संस्थापन पक्षका भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा विजयी भएका हुन्। विजयी पुनले ८५२ मत ल्याए भने शाहले ७६७ मत ल्याए।

अन्य पदाधिकारीमा पनि पुन पक्षकै वर्चस्व रहेको छ। उपसभापतिमा भने संस्थापन पक्षका राजु खनाल विजयी भएका छन्। पुन समूहबाट उपसभापतिमा भुवन श्रेष्ठ, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा निमा गिरी, बिष्णु खनाल र खगराज पाण्डे विजयी भएका छन्।

हेर्दा संस्थापन पक्ष र पौडेल-शेखर पक्ष देखिए पनि लुम्बिनीमा कांग्रेसको सत्ता हत्याउन चन्द्र भण्डारी र बालकृष्ण खाँडको अदृश्य प्रतिष्पर्धा थियो । गृहमन्त्री समेत रहेका बालकृष्णको समर्थन पाएका भरत शाहलाई चन्द्र भण्डारीको धाप पाएका अमरसिंह पुनले पराजित गरेका हुन् ।

१४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कुल १ हजार ६३१ मत खसेको थियो। प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना सुरू भएको थियो। कांग्रेसको ६ वटा प्रदेश अधिवेशन सकियो छ भने प्रदेश नं २ को हुन बाँकी छ ।