माओवादीले रच्यो इतिहास: लिपुलेकमा गाउँपालिका सम्मेलन !

  • 1 month अगाडि

नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पर्ने व्यास गाउपालीकामा सफलतापुर्बक सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलन बाट धन सिंह कुवरको नेतृत्वमा ५४ सदस्यीय कमिटेव गठन गरेको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अन्तर्गत पर्ने व्यास गाउपालीकामा पुगेर पहोलो पालीका सम्मेलन सम्पन्न भएको छ । लामो समय सम्म कुनै पार्टीले सम्मेलन गर्न नसकेको ठाउमा गएर माओवादीले केन्द्रले भव्यताका साथ सम्मेलन गरेर एउटा ईतिहास रचेको छ ।

धन सिङ कुवरको नेतृत्वमा पालीका स्तरीय ५५ सदस्यीय जम्बो टिम निर्माण गरेको सहभागी एक नेताले बताए । उक्त कार्यक्रममा माओवादी केन्द्रका शुदुरपश्चिमका सह-इन्चार्ज लक्ष्मण दत्त जोशी, शुदुर पश्चिम सरकारका उद्योग, पर्यटम तथा वातावरण मन्त्री मान बहादुर धामी, दार्चुला जिल्ला मार्मा गाउपालिका अध्यक्ष जमन सिंह धामी लगायत स्थानिय नेताहरु सहभागी थिए । Photo: SadakSanchar