माओवादीको अनलाईन पार्टी सदस्य आठ लाख पुग्यो

  • 2 months अगाडि

नेकपा माओवादी केन्द्रको पार्टी सदस्यको संख्या ७ लाख भन्दा बढी पुगेको छ । हालै सम्पन्न पार्टी सदस्यता वितरण तथा नविकरणका क्रममा सात लाख भन्दा बढीले सदस्यता नविकरण तथा प्राप्त गरेका छन् ।

अहिलेसमम सात लाख भन्दा बढीले सदस्यता लिएको र बाँकी ५० हजार जना जतिले सदस्यता नविकरण तथा नयाँ प्राप्त गर्न बाँकी रहेको सदस्यता वितरण तथा नविकरण विभागका शिव खकुरेलले जानकारी दिए । सबैले नविकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्दा पार्टी सदस्य संख्या ८ लाख नाघ्ने उनले बताए ।

खकुरेलका अनुसार प्राविधिक कारण सदस्यता आवदेन दिन र नविकरण गर्न बाँकी रहेकाले आज बेलुकासम्म समय पाएका छन् । बाँकी रहेका विशेष र प्रवास समितिले केही दिनभित्र भरिसक्ने छन् ।